शिव श्री हाईड्रोपावरले बिक्रीमा ल्याएको साढे ३३ लाख कित्ता प्राथमिक शेयर अर्थात आईपीओमा आबेदन गर्ने कार्तिक १५ गते शुक्रबार अन्तिम दिन हो ।

आईपीओमा आबेदन गर्न चाहने लगानीकर्ताले आफ्नो बैंक खाता रहेको बैंक शाखाको आश्वा सेवा वा मेरो शेयर सफ्टवेयरबाट १० कित्तादेखि १० लाख कित्तासम्म आबेदन गर्न सक्नेछन् ।

कम्पनीले सिन्धुपाल्चोकमा चाकु खोलामा २२.२ मेगावाटको आयोजना निर्माणा गरिरहेको छ । उसको प्रतिमेगावाट लागत साढे २२ करोड रुपैयाँ छ । ग्रेड चार रेटिड. पाएको कम्पनीको शेयरमा गरिएको लगानीबाट प्रतिफल हासिल गर्न ९ देखि २१ बर्षसम्म लाग्छ ।

अघिल्लो दिनसम्म १६ हजार आबेदकबाट जम्मा १० लाख कित्ताका लागि आबेदन परेको शेयरमा लगानी गर्दा के फाईदा वा घाटा होला भन्ने कुरा लगानीकर्ता स्वयंले निर्णय गर्ने कुरा हो ।

दोस्रो बजारमा सूचिकृत ३२ मध्ये १९ कम्पनीको शेयर मूल्य अंकित मूल्य १०० रुपैयाँ भन्दा तल झरिसकेको अबस्थामा शेयरमा पूँजीगत लाभको संभावना आँकलनयोग्य रहेको छ । आबेदकले मागेको जति शेयर पाउँछन् तर दोस्रो बजारमा बिक्री गर्दा १०० रुपैयाँको माललाई त्यो भन्दा धेरै सस्तोमा पनि बिक्री गर्न मुस्किल पर्नसक्छ । लाभांश पाउँन धेरै बर्ष कुर्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here