शुभम पावर लिमिटेडको गत माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले बैठकले कम्पनीको पाँचौ बार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ ।


सञ्चालक समितिको निर्णय अनुसार साधारणसभा आगामि फागुन १६ गते कम्पनी रजिष्टार्ड कार्यालय, अनामनगर काठमाडौंमा हुनेछ ।

साधारण सभा दिनको ठिक ११ बजे शुरु हुनेछ ।

साधारणसभाले आ.व. २०७५/७६ को बार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, सञ्चालक समितिको निर्वाचन गर्नेछ साथै आ.व. २०७६/०७७ का लागि लेखापरिक्षक नियुक्ति गर्ने एवं निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव उपर छलफल गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here