नेपाल, भारत र बंगलादेशमा शेयर कारोबारीलाई कहाँ सस्तो शुल्क तथा करको दर छ भन्ने बारेमा शेयर लगानी डटकमले ईन्टरनेटमा आधारित रहेर तुलनात्मक अध्ययन गरेको छ ।
यो विवरण हेर्नुहोस्
@ भारतमा एक लाख भारुसम्मको पूँजीगत लाभमा ब्यक्तिलाई लाभकर छुट छ ।
#भारतमा शेयर बैंक र शेयर दलालहरुले बैंक खाता, हितग्राही खाता खोल्दा, नविकरण गर्दा, कारोबार खाता खोल्दा र नविरकण गर्दा, ब्रोकरेज शुल्क र हस्ताान्तर शुल्क छुट दिई लगानीकर्ता तान्ने होडबाजी गरेका छन् । कतिपयले लगानीकर्तासँगको सम्झौताको क्रममा यस्ता शुल्कहरु निश्चित गरेका हुन्छन् ।
* बंगलादेशमा पनि हितग्राही खाता खोल्ने र नविकरण गर्ने, कारोबार खाता नविकरण र अन्य कतिपय शुल्कहरु ब्रोकले निशुल्क गर्ने वा सम्झौताद्धारा तोकेर निश्चित गर्ने गरेका छन् ।
बंगलादेशमा हितग्राही खाता खोल्न र नविकरण गर्न पैसा पर्दैन, अनलाईनबाट सजिलै गर्न सकिन्छ तर कुनै कुनै ब्रोकरले बार्षिक नविकरण शुल्क, ग्राहक पहिचान विवरण शुल्क र अन्य कतिपय शुल्कहरु एकदम कम राखेर लगानीकर्ताहरु तानिरहेका पनि पाईन्छ ।
ब्रोकर कमिशन नेपालको तुलनामा बंगलादेशको भन्दा बढी भए पनि भारतमा सुन्य कमिशन वा प्रति कारोबार २० भारुसम्ममा कारोबार गर्न पाइृन्छ ।
भारतमा बाणिज्य बैंकहरुको कयौं सहायक कम्पनीहरुले दलालको लाईसेन्स पाएर सेवा दिएका छन् । बैंकहरुको सहायक कम्पनी र अरु ब्यवसायिक दलालहरुबीच तीब्र प्रतिस्पर्धा भएकाले लगानीकर्ताले गुणस्तरीय सेवा सेवा सुविधामा सहुलियत पाएका देखिएको छ । यद्यपी कतिपय कम्पनीहरुले घुमाउरो पाराले लगानीकर्ताहरुलाई महंगो शुल्क असुल्ने रणनीति अख्तियार गरेको गुनासो पनि सुनिन्छ ।
त्यसैगरी बंगलादेशमा पनि थुप्रै बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर सेवा दिएका छन् । बैंकका सहायक कम्पनीहरुमार्फत थ्री ईन वन एकाउन्टको सुविधा लगानीकर्ताले पाउँदा सारा झंझट समाप्त भएर गएका छन्, यद्यपी बैंकका सहायक कम्पनीहरुले लिने शुल्क भने सोचे जस्तो सस्ता छैनन् ।
$ नेपाल र बंगलादेशमा लागू नभएको शेयर बजारमा बस्तु तथा सेवामा लगाईने कर (जीएसटी) लागु गरिएको छ र यसलाई ब्रोकरेज शुल्क र कारोबार शुल्कमा आधा आधा (९ + ९) गरेर १८ प्रतिशत गणना गरिएको छ ।
नेपालका शेयर लगानीकर्ताहरुले नपाएको तर भारत र बंगलादेशको शेयर बजारका लगानीकर्ताले पाएको छुट भनेको निश्चित रकम बराबरको पूँजीगत लाभमा कर छुट हो । भारतमा बार्षिक रुपमा एक लाख रुपैयाँसम्म पूँजीगत लाभ गर्नेले कर छुट पाएका छन् भने बंगलादेशमा ब्यक्तिगत लगानीकर्तालाई पुरै छुट छ । अझ बंगलादेशमा त बार्षिक रुपमा ५० हजार टाकासम्म नगद लाभांश आर्जन गरेको अबस्थामा लाभांश कर पुरै छुट छ ।
भारतको शेयर बजारमा सबै खाले सेवा दिने र सिमित सेवा दिने गरी २ सय ८० ब्रोकरहरु छन् र उनीहरु अन्तर्गत सयौं सब ब्रोकरहरु छन् । फुल ब्रोकरले एडभाईजरी सेवा समेत दिन पाउँछन् भने सिमित सेवा दिने ब्रोकरको दायरा सिमित हुन्छ ।
भारतको शेयर बजारमा सबै खाले सेवा दिने र सिमित सेवा दिने गरी २ सय ८० ब्रोकरहरु छन् र उनीहरु अन्तर्गत सयौं सब ब्रोकरहरु छन् । फुल ब्रोकरले एडभाईजरी सेवा, कमोडिटी, डेरिभेटिभ र फोरक्स सेवा समेत दिन पाउँछन् भने सिमित सेवा दिने ब्रोकरको दायरा सिमित हुन्छ ।
बंगलादेशमा २ सय ५० ले ब्रोकरेज सेवा दिने अख्तियारी पाएको डाका स्टक एक्सचेन्जको वेवसाईट विवरणले देखाएको छ ।
भारत र बंगलादेशमा अनलाईनबाटै आबेदन गरेर शेयर किनबेच गर्न पाउने गरी ब्रोकरका प्रणालीेमा आबद्ध हुन पाईन्छ । नेपालको बार्षिक बजेट रकम बराबरको त भारतीय शेयर बजारमा एकैदिन कारोबार हुन्छ । बंगलादेशको दैनिक कारोबार रकम चार अर्ब हाराहारी छ ।
नेपालमा त सिमित क्षमताका ५० ब्रोकर मात्रै छन् । सानो बजार छ र संस्थागत लगानीका ब्रोकरहरुको अभाव खटकिएकै छ । त्यसैले भारत र बंगलादेशको जस्तो सेवा सुविधा पाईएन भनेर मात्रै हुँदैन ।
नोटः तुलनात्मक अध्ययन गर्दा सकेसम्म गल्ति नहोस भन्ने कुरामा ध्यान दिईएको छ ।