शेयर बजारका लगानीकर्ताले धेरै बजार हिस्सा भएका बाणिज्य बैंकका शेयरबाट तर्किएर बीमा, लघुवित्त र अन्य बर्गका कम्पनीहरुमा किनबेच तीब्र पार्दे गर्दा बजारले क्रमशः नयाँ उचाई तय गरेको छ ।
कारोबार रकम यस बर्षको सबैभन्दा धेरै उचाईमा अर्थात दुई अर्ब ७८ करोड नाघ्दा धेरै कम्पनीको शेयर मूल्य पनि उल्लेखनीय रुपमा बढेको छ । फागुन ८ गते बिहीबार नेप्सेमा भएको कारोबारमा ११ वटा कम्पनीको शेयर मूल्य धेरै बढेर सर्किट लाग्यो भने सर्वाधिक कारोबार गर्नेमा कुनै पनि बाणिज्य बैंक परेनन् ।
बैंकको शेयर मूल्यमा खासै बढोत्तरी नहुँदा लगानीकर्ताहरुमा निराशाको वातावरण छाएको देखाउँछ र उनीहरु अधिक आपुर्ति रहेका बैंकको शेयरलाई किनबेच थाती राखेर अन्यत्र मोडिएका हुनसक्छन् । तर लाभांशको हिसाबले बाणिज्य बैंकका शेयरहरु कम जोखिमपूर्ण हुन् ।
शेयर मूल्य बढाईमा सर्किट लागेका कम्पनी
लगानीकर्ताहरुले दिनभर निकै उत्साहित भएर कारोबारमा सक्रिय सहभागिता जनाईरहे ।
यी हुन सर्वाधिक कारोबार हुने कम्पनी
एकपछि अर्को गर्दै बजारमा लगानी बढ्नु र शेयरको मूल्यमा समेत उच्च बढोत्तरी हुनुले लगानीकर्ता आफ्नो अबस्था मजबुत पार्दै बजार छिर्ने क्रम बढेको देखाउँछ ।
नेप्से सूचक २९.३७ अंकले बढेर १४३४.५७ विन्दुमा पुगेको छ ।