शेयर बजारमा उत्साहको वातावरण पैदा भएको छ । लगानीकर्ताहरुले उत्साहपूर्वक कारोबार गर्दा धेरै कम्पनीको शेयर मूल्य बढ्नुका साथै दुई अर्ब ६८ करोड भन्दा बढी रकमको किनबेच भएको छ । यो लामो समय यताको सर्वाधिक कारोबार रकम हो ।

बाणिज्य बैंकहरुको शेयर मूल्य पनि उल्लेखनीय रुपमा बढेर किनबेच हुन थालेपछि कारोबार रकमले उचाई हाँसिल गरेको हो । यद्यपी सर्वाधिक रकमको शेयर किनबेच हुने १० कम्पनीमा एउटा मात्र बाणिज्य बैंक देखिएको छ ।

प्रायः सबै कम्पनीहरुको शेयर मूल्य बढेर उत्साहजनक कारोबार हुनुले शेयर लगानीकर्ताहरु जुर्मराएको प्रमाण दिन्छ । शेयरको मूल्य बढ्दै गर्दा कारोबार रकममा पनि उछाल आउनुले पुराना लगानीकर्ताहरु उत्साहित हुँदै गर्दा नयाँ लगानीकर्ताहरु पनि बजारप्रति आकर्षित बनेका संकेत देखिएको छ । यस दिन केही जलविद्युत र राष्ट्रिय बीमाको शेयर मूल्य उच्च रुपमा बढेका छन् ।

बैंकिड. समूहको शेयरको मुल्य धेरै बढेपछि नेप्से सूचकमा ३४.२६ अकले बढेर १३९८.२६विन्दुमा पुग्न योगदान मिलेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here