शेयर बजारमा फागुन २७ गते मंगलबार धेरै कम्पनीको शेयरको मूल्य अधिकतम रुपमा  घटेर तीन पटक सर्किट लागेपछि दिनभरका लागि कारोबार बन्द भएको छ ।

शुरुदेखि नै शेयरको मूल्य अत्यधिक मात्रामा घट्ने क्रम शुरु भएकोमा १२ बज्न १ मिनेटमा समग्र बजार चार प्रतिशतले घटेपछि २० मिनेटका लागि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसपछि खुलेको बजार पाँच मिनेट पनि चल्न नसकी बजार थप एक प्रतिशतले घटेपछि दोस्रो सर्किट लाग्यो । त्यसको ४० मिनेटपछि खुलेको बजारमा पनि बिक्रेताहरु अत्यधिक र खरिदकर्ताहरु न्यून रहेपछि लगातार घटाई तीब्र भयो र एक बजेर १३ मिनेट जाँदा समग्र बजार ६ प्रतिशतले घटेर बाँकी दिनभरका लागि बजार बन्द भयो ।

नेप्सेमा ८६.३९ अंकको गिरावटसँगै १३४९.३२ विन्दुमा ओर्लिएको छ भने कारोबार रकम एक अर्ब ७ करोड मात्र भएको छ ।

कोरोना भाईरस संक्रमणको त्रास र अर्थतन्त्रमा पर्ने प्रभावबारे अनेक हल्ला भईरहँदा लगानीकर्ताको मनोबल कमजोर बनेपछि शेयरको मूल्य खस्किएको हो ।

यसरी बजार खस्किएर लगानीकर्ताहरुको भागाभाग भईरहेको बेला राम्रा कम्पनीहरुको सस्ता शेयर छानी छानी उठाउनु लगानी गर्ने सही तरिका हो ।

यस्तो बेलामा लगानीकर्ताहरुलाई आस्वस्त बनाउने सरकारी भुमिका अपेक्षित हुन जान्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here