तिलक कोइराला ।
शेयर बजारमा अहिले लाभांश दिने अधिकांश कम्पनीको शेयर मूल्य घटेर प्रतिशेयर नेटवर्थ वा प्राथमिक शेयर (आईपीओ) कै भाउमा आईसकेको छ । लाभांशमा आधारित विविधिकरणसहितको लगानी गर्नेहरुका लागि योे सुनौलौ समय हो तर कोही पनि लगानी बढाउँन चाहँदैैन । बजारमा पहिलेदेखि नै रहेका लगानीकर्ता आर्थिक संकटले थिलथिलो भईसक्दा नयाँ लगानीकर्ताहरु शेयर बजारमा लगानी गर्नेबारे कसैको पनि कुरा सुन्नै चाहदैनन् । यसको मुख्य कारण हो, शेयर बजार घट्यो, धेरैले गुमाए, यहाँ लगानी गर्यो भने गुमाईन्छ भन्ने त्रास ।

सरकार र नियमनकारी निकायहरुले यस्तै बेलामा हो सुधार र बिकासका रणनीतिक कामहरु गरेर लगानीकर्ताको मनोबल बलियो बनाउने । बजारमा नयाँ लगानीकर्ता छिराउँन नीति, नियम, पुर्वाधार र प्रविधिको बन्दोबस्ती गरी लगानी आकर्शित गरेर नयाँ लगानी छिराउने हो भने अहिले बजारमा संकट भोगिरहेका लगानीकर्ताहरुको अबस्था सहज हुँदै जान्छ भने नयाँ लगानीकर्ताहरु आउने क्रम तीब्र हुन्छ, अनि बजारले आफ्नो गति आफै समात्छ । शेयरको मूल्य बढ्न थालेपछि अहिले शेयर बजारको नामै सुन्न नचाहने लगानीकर्ताहरु समेत हानाथाप गर्दै बजारमा जे जस्ता शेयरहरु किन्न पाइृन्छ, त्यस्ता खराब कम्पनीका समेत शेयर किनेर फस्ने क्रम तीब्र हुन्छ । अहिले सस्तोमा पाईरहेका लाभांश दिने राम्रा कम्पनीका शेयर त मूल्य बढेर धेरै माथि पुगिसकेको हुन्छ, नयाँ तथा साना लगानीकर्ताले किन्ने त्यस्तै कमजोर र खराब कम्पनीका शेयर नै हुन्, त्यसले झन् जोखिम बढाईदिन्छ ।

पूँजी बजारको बिकास गर्ने हो भने अब १० कित्तावाल लगानीकर्ताहरु धेरै आउँन भन्ने नीतिमा सरकारले फेरबदल गरी ठूला संस्थागत लगानीकर्ताहरु बजारमा भित्र््याउँने रणनीति तत्काल अख्तियार गर्नेपर्छ । बजारमा अर्बौ अर्ब रुपैयाँका शेयर आपुर्ति बढाउने तर शेयर किन्न लगानीकर्ता चाँही करोड रुपैयाँको लगानी गर्ने मात्र हुने, आईपीओ समेत नबिक्ने अबस्थाले माग र आपुर्तिमा सन्तुुलन कायम र पूँजी बजारको जोखिमलाई न्युनीकरण गर्न सक्दैन ।

पूूँजी बजारलाई सुरक्षित बनाउने हो भने नीति, नियम पुर्वाधार र प्रविधिको बिकासमा सरकार र नियमनकारी निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्छ । यसो नहुँदा शेयर बजार सधै गुुमाउँनेहरुको रुवाबासीस्थल बनिरहन्छ । यी कुराहरु बन्दोबस्ती गरेपछि बजारले आफ्नो बाटो आफै बनाउँदा अर्थमन्त्रीले शेयर किन वा नकिन भनेर सार्वजनिक भाषण गरिहिड्नै पर्दैन । उहाँले नकिन भने पनि बजारमा किनबेच तीब्र भईरहन्छ, बेच भन्दा पनि बेच्न कोही तयार हुँदैन । बजारको नीति, नियम पुर्वाधार र प्रविधि तयार पार्न भने फिटिक्कै ध्यान नदिने, मन्च खोजेर भाषण मात्रै गरिहिड्ने यस्ता अर्थमन्त्रीलाई कतिपय आक्रोशित लगानीकर्ताले मन्चैमै पुगेर चड्कन हान्न् पनि बेर छैन किनभने आक्रोश धेरै बढिसकेको छ ।

पूँजी बजारको बारेमा आफुलाई सर्बज्ञानी र विज्ञ भन्ने अर्थमन्त्रीलाई गत असारमा गरिसक्नु पर्ने आफ्नै मन्त्रालयको समितिले सुझाएको २२ वटा रणनीतिक कामहरु नगर्दा कति पनि शरम किन नभएको होला ? अनि यस्ता अर्थमन्त्रीलाई कायमै राखेर प्रधानमन्त्री केपी ओलीले किन आफ्नो पतनको बाटो आफै खन्नु भएको होला ? यी यस्ता प्रश्नहरु हुन्, जसको उत्तर उहाँहरु बाहेक कसैले दिन सक्दैन र्। आफ्नो कमजोरी उदाँगो नहोस भन्नका लागि कम्युनिष्ट सरकारसँग सौदाबाजी गरेर मौन बसेको काँग्रेसले समेत धारे हात लाउँन थाल्दा अझै उहाँहरुको चेत नआउनु दुखको कुरा हो ।

अहिले कयौं ब्रोकरको कार्यालय रित्तो भएका छन्, अनलाईन कारोबार गर्नेले समेत एककित्ता शेयर किन्न चासो दिएका छैनन् । कतिपय ब्रोकरलाई आफ्नो कारोबार रकम दैनिक १० लाख कटाउँन समेत धौधौ भएको छ । ब्रोकर एशोसियशनकै अध्यक्षले लगानीकर्तामा डिप्रेशनको लहर चलेको भने भाषण गर्दै चरम निराशा ओकलिरहेका छन् । तर बजारमा सरकारी पहलमा नीति, नियम, पुर्वाधार र प्रविधिमा सुधार भएपछि लगानीकर्ताहरुको यस्तो ओईरो लाग्नेछ, ब्रोकरको कार्यालयमा खुट्टा राख्ने ठाउँ हुने छैन, शेयर दलालले शेयर किनिदिएन भन्ने गुनासो ब्यापक हुनेछ । अनलाईन कारोबार गर्नेहरुले प्रणालीमा ट्राफिक जाम भएर किन्न बेच्न नपाएको भन्नसक्ने छन् । अहिले पैसा छैन भन्नेहरुले शेयर कहाँबाट पैसा निकाल्छन्, पत्ता लगाउँनै मुस्किल हुनेछ ।

शेयरको मूल्य अब बढ्छ भन्नासाथ बिक्री गर्नेहरु कम हुन थाल्छन्, त्यसले शेयरको मूल्य बढाईदिन्छ । शेयर बजारमा खरिद चाप बढ्ने संकेत मिल्ने बित्तिकै सबैभन्दा पहिले शेयर किन्नमा पर्नेछन् , शेयर दलाल किनभने बजारका सबैभन्दा ठूला खेलाडी अहिले पनि उनीहरु नै हुन् । आफ्नो नामबाट नपाईने हुनाले अरुको नामबाट उनीहरुले कुस्त शेयर उठाईसकेपछि मात्र किन्ने पालो अरु लगानीकर्ताको आउँछन् ।

जुन दिन यो कम्युनिष्ट सरकारको बुद्धि फिर्छ र धमाधम पूँजी बजारमा सुधार र बिकासका काम गर्न थाल्छ, त्यही दिनदेखि लगानीकर्ताको मनोबल उच्च हुन्छ र बजारमा लगानी ओईरिने क्रम तीब्र हुन्छ । संभवतः त्यो दिन अब धेरै टाढा छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here