चिलिमे हाईड्रोपावर र  गुराँस लघुवित्त वित्तीय संस्थाको गरि कुल ९५ लाख ७५ हजार २७१ कित्ता बोनस शेयर धितोपत्र बजारमा फागुन १२ गते सुचिकृत भएका छन् ।


बजारमा थपिएका शेयरमा चिलिमे हाईड्रोपावरको ९५ लाख १६ हजार २ सय ७१ कित्ता छ भने गुराँस लघुवित्तको ५९ हजार कित्ता रहेको छ ।

चिलिमे हाईड्रोको गत मंसिर ११ गते २३ औंँ बार्षिक साधारणसभाबाट पारित गरकेो २० प्रतिशत बोनस शेयर हाल नेप्सेले सुचिकरण गरको छ । कम्पनीले बाँडेको ५ प्रतिशत नगद लाभांश भने यसअघिनै शेयरधनीको बैंक खातामा पठाइसकिएको छ ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
फागुन १२ गते आईतबारको बजारमा कम्पनीको शेयर प्रतिकित्ता ४५३ रुपैयाँ रहेको थियो ।

गुराँस लघुवित्तको गत मंसिर १४ गते सम्पन्न चौथौ बार्षिक साधारण सभाले ७.६१ प्रतिशत बोनस शेयर पारित गरेको थियो  ।

लघुवित्तको दास्रो त्रैमासिक विवरण अनुसार संस्थाको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

फागुन १२ गते आईतबारको बजारमा संस्थाको शेयर प्रतिकित्ता ८७५ रुपैयाँ रहेको थियो ।

साधारण सभा प्रयोजनार्थ दुवैको कात्र्तिक २७ गतेबाट बुक क्लोज गरेका थिए तसर्थ कात्र्तिक २६ गते सम्म कायम शेयरधनीले मात्र बोनस शेयर पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here