शेयर बजारमा नयाँ खालको प्रबृत्ति देखा परेको छ । लामो समयसम्म बाणिज्य बैंकको शेयर धारण गरेका लगानीकर्ताहरु पूँजीगत लाभ हुने कम्पनी खोज्दै लगानी केन्द्रित गर्न थालेपछि नयाँ प्रबृत्ति देखिएको हो ।

पुस ६ गते आईतबारको कारोबारमा शिवम सिमेन्ट लगायतका कम्पनीहरुको शेयर मूल्य बढेर धेरै कारोबार हुनुले यही नयाँ प्रबृत्तिको परिचय दिन्छ । केही समय अघि लघुवित्त र बीमा कम्पनीमा केन्द्रित भएका ती लगानीकर्ताहरु थोरै रकम लगानी गरेर पूँजीगत लाभ हुने उपाय खोजी गर्दै जाँदा बजारमा नयाँ प्रबृत्ति देखिएको हो ।

२१ प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएर प्रतिकित्ता ३३२ मा कारोबारमा आएको एनएमबी बैंकको पनि मूल्य घटेरै किनबेच भएको छ ।

अघिल्ला दिनहरुमा धेरै मूल्य बढेको नेपाल फाईनान्सको भने सबैभन्दा धेरै मूल्य घटेर किनबेच भएको छ । यो कम्पनीको शेयर किन्ने अन्तिममा कोही पनि थिएनन् ।

केही कम्पनीको शेयर मूल्य सामान्य रुपमा बढ्दा नेप्से सूचकमा १.१७ अंकले बृद्धि भएर १२५०.८१ बिन्दुमा पुगेको छ भने गत बिहीबारको भन्दा कारोबार रकम बढेर ३७ करोड नाघेको छ । यस दिन बजार पूँजीकरण १४ खर्ब ६१ अर्ब कायम रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here