शेयर बजारमा सुरक्षित लगानी गर्नेहरुका लागि फेरि पनि किन्ने मौका आएको छ ।

बजार बढ्दा उचालिएर महंगोमा किन्न तछाड मछाड गर्ने बानी परेका लगानीकर्ताहरुलाई बजार घटाईले निराशा थप्नु स्वभाविक हो तर लगातार घटेको बजारले राम्रा कम्पनीका शेयर छानी छानी घटाएर किन्ने मौका गत सातादेखि लगातार मिलेको छ ।

बजार घट्यो भन्दै अहिले निराशा ब्यक्त गर्ने र बजारमा खअरिद चाप आएर मूल्य बढ्न थालेपछि उचालिएर शेयर किन्नु भने घातक नै छ । बजार घटाईको अनेक बहानाबाजी गर्न खोजिए पनि दीर्घकालनि लगानकिर्ताहरुका लागि घट्दो क्रमले एकपछि अर्को अवसर दिएको छ ।

मंगलबार अधिकांश कम्पनीको शेयरमूल्य घटेर सूचकमा ४४ अंकको गिरावट आई न नेप्से १२७२.०६ विन्दुमा ओलिएको छ भने कारोबार रकम पनि घटेर एकब अर्ब ४६ करोडमा झरेको छ ।

केही दिन अघि २० खर्ब पुगेको बजार पूँजीकरण अहिले १६ खर्ब २६ अर्बमा सिमित भएको छ ।

कोरोना भाईरस संक्रमण र अनेक हल्लाहरुको कारण लगानीकर्ताको मनोबल कमजोर बनेको हो । यद्यपी नेपालमा कोरोनाको संक्रमण भईंसकेको छैन ।

यस्तो बेलामा आफ्ुसँग भएको सबै पैसा खर्च गरेर एकैचोटी एउटै कम्पनीको शेयर किन्नु भने घातक हुन्छ । बजारको घटाई अनुसार खरिदको क्रम बढाउँदै लगेर दीर्घकालीन लगानी गर्नुपर्छ । जब बजार बढ्न थाल्छ, त्यसपछि बिक्री गर्दै जाने रणनीति तय गर्नुपर्छ ।

पहिले शेयर किनेर बसेकाहरुलाई बजारको घटाइले घाटा लागे पनि धैर्य गर्दा दीर्घकालमा अबश्य फाईदा हुन्छ । राम्रा कम्पनीको सस्ता शेयर र आफ्नो जोखिमबहन क्षमता हेरी आफैले किनबेचको निर्णय गर्नु एकदम आबश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here