शेयर बजार सुधारका लागि नेपाल धितोपत्र बोर्डले नेतृत्व लिएपछि रातारात परिवर्तनको आभास भएको छ । बैसाख २६ गते बोर्डको आब्हानमा नेप्से, सडीएससी, मर्चेन्ट बैंकर, निक्षेप सदस्य र ब्रोकरबीचको छलफलबाट भएको निर्णयसँगै बजारमा महत्वपूर्ण सुधारको ढोका खुलेको हो ।

२०७७ साल साउन १ गतेबाट अनिबार्य रुपमा अनलाईन कारोबार मात्र गर्ने गरी तयारी थाल्न नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिईएको छ भने बैंक र हितग्राही खाता ईन्टिग्ेट गर्र्न प्राविधिज्ञसहतिको विशेष कार्यदल यसअघि नै गठन गरिएको छ ।

लकडाउनको अहिलेको अबस्थामा दुई घण्टा मात्र बजार खोलेर कारोबार गर्दा पनि अनलाईन प्रणालीको युजर आईडी र पासवर्ड लिएर कारोबार गर्न र किनबेचको रकम बिद्युतीय माध्यमबाट लेनदेन गर्न निर्देशन गरिएको छ । अब शेयर बेचेको पैसा ब्रोकरले अनिबार्य रुपमा सिधै लगानीकर्ताको बैंक खातामा पठाउनु पर्ने भएको छ । लगानीकर्ताले भने सकेसम्म कनेक्ट आईपीएस वा अन्य विद्युतीय माध्यमबाट ब्रोकरलाई भुक्तानी गर्न प्रोत्साहित गरिएको छ ।

त्यसैगरी बिक्री गरिएको शेयर हस्तान्तरण गर्न पनि मेरो शेयर सफ्टवेयर मार्फत गर्र्नुपर्ने गरी अनिबार्य गरिएको छ । लगानीकर्ताहरुलाई अनलाईन प्रणालीमा आबद्ध हुन प्रोत्साहित गर्न असार मसान्तसम्म युजरआईडी र पासवर्ड निशुल्क रुपमा लिन सकिने ब्यवस्था गरिएको छ र त्यसपछि भने शुल्क लाग्ने जनाईएको छ । लगानीकर्र्ताहरुको सुविधाका लागि मेरो शेयर सफ्टवेयर सुविधा पनि निशुल्क रुपमा लिनसक्ने ब्यवस्था गरिएको छ ।

बेचेको शेयर अनिबार्य ईडिआईस मार्फत हस्तान्तरण गर्नुपर्ने भएकाले पहिले जस्तै खातामा शेयर नआई बिक्री गर्न पाईने छैन । यसअघि केही लगानकिर्ताले खातामै नभएको शेयर बेचेर त्यसको सेटलमेन्ट अवधि सारेर बजारलाई प्रभावित पारेका थिए ।

दलालको कार्यालयमा माजिर्mन बुझाउने लगानीकर्ताले अनलाईन कारोबारका लागि अनुमति पाउने ब्यवस्था गरिएको छ, जसबाट ब्रोकरहरुलाई सेटलमेन्ट सहज हुनेछ ।

बजारको जोखिम कम गर्न सर्किट ब्रेक प्रणालीमा तत्कालका लागि परिवर्तन गरी शुरुमा एक प्रतिशत बढेर वा घटेर कम्पनीको शेयर खरिद बिक्रीका लागि आदेश प्रविष्ट गर्न सकिने, त्यसपछि थप एक प्रतिशत हुँदै तीन प्रतिशत भन्दा बढी घटबढ नहुने ब्यवस्था गरिएको छ भने समग्र सूचकमा २ प्रतिशत तल वा माथि सर्किट लाग्दा बजार दिनभरका लागि बन्द हुने ब्यवस्था गरिएको छ ।

सीडीएससीको प्रणालीमा भएको आधार दर नै ब्रोकरको सेटलमेन्ट प्रणालीमा स्वतः गणना हुने भएकाले ब्रोकरले आधार दर गणनामा अरु मेहनत गर्नु नपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here