तिलक कोइराला ।

शेयर बजारमा कस्ता कम्पनीमा लगानी गर्ने भन्ने बारेमा शेयर लगानी डटकमले शुरु गरेको अभियानको क्रममा यस पटक यस्ता कम्पनीहरुको विवरण प्रस्तुत गरिएको छ, जसले आगामी केही बर्षसम्म लाभांश दिन सक्ने छैनन् ।

लाभांश नदिने कम्पनीमा शेयरको भाउ बढ्ला भनेर मात्रै लगानी गर्नु धेरै जोखिम लिनु हो । यस्तो जोखिम लिनेहरुलाई बजारले डुबाउने संभावना धेरै हुन्छ । सस्तो पाईयो भन्दैमा लाभांश नदिने कम्पनीमा लगानी फसाउँदाका अरु पनि बेफाईदाहरु छन्, जस्तो धितो राखेर कर्जा पाईदैन भने भनेको बेलामा बिक्री गर्न पनि सकिन्न ।

यो पनि पढ्नुहोस्

मूल्यहिन कम्पनी सस्तोमा किन्ने कि लाभांश दिने कम्पनी खोज्ने ? यस्ता छन् विकल्पहरु

लाभांश दिने, बृद्धि र बिकास भएको, संस्थागत सुशासन राम्रो रहेको कम्पनीमा लगानी गर्दा जोखिम भार कम हुन्छ र दोहोरो हिसाबले फाईदा लिन सकिन्छ । एकातिर लाभांश पाइँदा घाटामा जाने संभावना कम हुन्छ भने अर्को तर्फ शेयरको मूल्य बढेको अबस्थामा बेचेर नाफा सुरक्षित गर्न सकिन्छ । तर जस्तो सुकै अबस्थामा पनि लाभाँश दिने कम्पनीहरु मध्येमा मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा बढी भएको अबस्थामा लगानी गर्नु बढी जोखिम लिनु हो ।

आउनुहोस्, कुन कम्पनीले लाभाँश दिन सक्दैनन् हेरौः 

यी बाहेकका अरु पनि कम्पनीहरुको शेयर बजारमा कारोबार भईरहेको छ, जो कमजोर अबस्थाका छन् । संस्थागत सुशासन नभएका, मुद्धा मामिलामा फसेका र ब्यवसायिक बिस्तार मन्द रहेका त्यस्ता कम्पनीहरु बारे यहाँ उल्लेख गरिएको छैन ।

यहाँ उल्लेख गरिएका कम्पनीहरुले आफुलाई तीब्र रुपमा सुधार गरे भने चाँडै लाभांश दिनसक्ने संभावनालाई नकार्न सकिदैन ।

यहाँ प्रस्तुत बिबरण उनीहरुको लाभांश वितरणको ईतिहास, चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तीय विवरण लगायतका आधारमा तयार गरिएको हो । यहाँ उल्लेख गरिएका कुराहरुमा मात्र विस्वास नगरी आफैले अध्ययन बिश्लेषण गरेर कम्पनीहरुको बारेमा यकिन गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here