शेयर लगानी ।
बैंक र हितग्राही खाता अन्तरआबद्ध गरिएको पूर्ण स्वचालित अर्थात अनलाईन कारोबार प्रणाली नभएको हुनाले नेपालको शेयर बजारमा लगानीकर्ताहरुको बेलाबेलामा रुवाबासी चल्ने गरेको छ ।
http://बैंक र हितग्राही खाता ईन्टिग्रेशन नगरे अहिलेका ब्रोकर यसरी टाट पल्टिने छन्
कुनै बेला ब्रोकरले शेयर नै किनिदिएन भन्दै रुवाबासी गर्नेहरु अस्ति बैसाख ३० र ३१ गते किन्ने लिमिट नै ब्रोकरले दिएन, १०, १० कित्ताले मूल्य घटाईयो भन्दै फेरि रुवाबासी मच्चाए । बजारको सामुहिक स्वार्थमा कहिल्र्यै एकत्रित हुन नसक्ने तर समय घर्केर मूल्य बढेपछि वा बढेपछि किनबेच गर्न नपाएको भन्दै रुवाबासी गर्ने नेपालका शेयर लगानीकर्ताहरुको चरित्रको बयान गरेर साध्य नै छैन ।
देशब्यापी लकडाउन रहेको बेला शेयर बजार खोलेर कारोबार गर्न धितोपत्र बोर्डले जुन नयाँ नियम लागु गरेको थियो, त्यो गलत थिएन तर कार्यान्वयन उल्टो हुँदा माग सिर्जना हुन सकेन र आपुर्तिको ओईरो लाग्यो । ब्रोकरले लिमिटै नदिएको भन्दै कयौं लगानीकर्ता छटपटी गरिरहे, केही स्वार्थीं तत्वले एक कित्तादेखि २० कित्तासम्मले मूल्य घटाएर बजारलाई मज्जाले खेलाए । प्रविधिको पहुँच नभएको र लकडाउन भएकाले बजारमा आम लगानीकर्ताको सहभागिता हुनसक्ने संभावनै थिएन । स्वार्थी तत्वहरु त्यही मौका हेरेर बसेका थिए ।
केही लगानीकर्ताहरु अहिले त्यो दुई दिनको कारोबार रद्द गर्ने माग गरेर सामाजिक संजालमा लेखिरहेका छन् तर त्यो भन्दा पनि शेयर बजारलाई चाहिएको अर्को महत्वपूर्ण कुरा छ । फेरि पनि स्वार्थी तत्वहरुले बजारलाई खेलाउन नसकुन भनेर सोच्ने हो भने बैंक र हितग्राही खाता ईन्टिग्रेट अनिबार्य छ । त्यसो नगरी कारोबार खोल्न पाईन्न भनेर धितोपत्र बोर्ड, नेप्से, सीडीएससी र ब्रोकरलाई दबाब दिनुको सट्टा बेला बेलामा बुर्लक बुर्लक उफ्रिने लगानीकर्ताहरु चुपचाप छन् ।
बैंक र हितग्राही खाता ईन्टिग्रेट नगरिएमा अब खुल्ने शेयर बजारमा फेरि पनि त्यस्तै चलखेल हुने वाला छ । हितग्राही खाता खोल्ने साढे १६ लाख लगानीकर्ताकै बैंक ईन्टिग्रेशन हुनुपर्छ भन्ने माग जायज हुन्न । तर यसअघि नै अनलाईन कारोबार प्रणालीको युजर आईडी र पासवर्ड लिईसकका २५ हजार लगानीकर्ताको बैंक र हितग्राही खाता ईन्टिग्रेट गरिए पनि पर्याप्त हुन्छ । यसो नगरी फेरि शेयर बजार खोलिएमा उहाँ रुवाबासी दोहोरिन्छ । बैंक र हितग्राहीइ खाता ईन्टिग्रेशन ब्रंोकरका लागि त झन् बढी आबश्यक देखिएको छ । त्यसो नगरी कारोबार संचालन गर्दा ब्रोकरहरु सेटलमेन्ट नै गर्न नसकेर टाट पल्टिने अबस्था छ । उनीहरुले पनि यसका लागि आवाज नउठाउनु झन् रहस्यमय छ । लगानीकर्ताले हदैसम्म आरोपित गर्दा पनि ब्रोकरहरु किन बैंक ईन्टिग्रेशनका लागि धितोपत्र बोर्ड र नेप्सेलाई दबाब दिईरहेका छ्रैनन ?
प्रविधिको उपयोग र ठीक ढ्रगले संचालन गरिए शेयरको मूल्य घट्यो वा बढ्यो भनेर कसैले रुवाबासी गर्नै पर्दैन । बजारले स्वभाविम मूल्य निधांरण भएर आफ्नो बाटो आफै बनाउँछ ।
ब्रोकरको कार्यालयमा अग्रिम रुपमा २५ प्रतिशत रकम जम्मा नगर्ने हो भने बैंक ईन्टिग्रेशन भन्दा अर्को विकल्प छैन । सधै उधारोमा किनबेच गरेर मात्र शेयर बजारको बिकास संभव पनि छैन । ब्रोकरले सबै लगानीकर्तालाई उधारोमा किनिदिन पनि सक्दैन ।
२०७५ साल असार मसान्त भित्रमा बैंक र हितग्राही खाता ईन्टिगेट गरिसक्नु पर्नेमा अहिलेसम्म नगरेर फेरि पनि गर्न सकिन्न भन्छन भने धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, क्लियरिड. बैंक र ब्रोकरहरु हुतिहारा सािवत हुन्छन् । त्यस्तालाई कडा कारबाही गर्न लगानकिर्ताले आवाज बुलन्द पार्नु परेको छ । शेयरको मूल्य घटेर घाटा भएपछि रुवाबासी गर्ने लगातनीकर्ताले अहिले चाँही किन सशक्त आवाज उठाउँदैनन् ?