शेयर बजारमा आज पहिलो सर्किट लागेपछि १५ मिनेटका लागि कारोबार बन्द भएको छ ।

१२ बज्न एक मिनेट बाँकी हुँदा अधिकांश कम्पनीको शेयर मूल्य उच्चतम रुपमा घटेर सर्किट लागेको हो ।

अब पाँच प्रतिशतले बजार घटेमा अर्को सर्किट लागेर ४० मिनेटका लागि बजार बन्द हुनेछ भने त्यसपछि खुलेको बजार ६ प्रतिशतले घटेमा आज दिनभरका लागि बजार बन्द रहनेछ ।

कोरोना भाईरस संक्रमणको त्रास र अर्थतन्त्रमा पर्ने प्रभावबारे अनेक हल्ला भईरहँदा लगानीकर्ताको मनोबल कमजोर बनेपछि शेयरको मूल्य खस्किएको हो ।

यसरी बजार खस्किएर लगानीकर्ताहरुको भागाभाग भईरहेको बेला राम्रा कम्पनीहरुको सस्ता शेयर छानी छानी उठाउनु लगानी गर्ने सही तरिका हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here