शेयर बजारमा सस्तो तर राम्रो कम्पनी खोजी गरेर लगानी गर्नुपर्छ भन्दा अहिले ब्यङ्ग गरिएको जस्तो लाग्नसक्छ किनभने लाभांश दिने सस्ता कम्पनी खोज्नेहरु भन्दा तत्काल शेयरको मूल्य बढ्ने र रातारात फाईदा हुने कम्पनीहरु खोज्नेकै बोलवाला छ ।
शेयर बजारमा अहिले यस्ता कम्पनीहरु पनि छन्, जसको शेयर अति सस्तो छ र र लाभांश पनि ढुक्कले पाईन्छ । कम्पनी खतरामुक्त रहेको र शेयरको मूल्य पनि बढ्ने संभावना भएका यस्ता १० वटा कम्पनीहरुको सूची यहाँ प्रस्तुत गरिएको छ ।
यस्ता कम्पनीहरुको शेयरमा लगानी गर्दा तत्काल ठूलो पूँजीगत लाभ नभएपनि जोखिमबाट भने बच्न सकिन्छ । पूँजीगत लाभ हुने संभावना पनि उत्तिकै छ ।
खासगरी मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम रहेका र प्रति शेयर आम्दानी १५ रुपैयाँ भन्दा बढी भएका कम्पनीहरुमा गरिने लगानीले ब्याज खर्च धान्ने हुँदा लगानी सुरक्षित नै रहन्छ ।
लगानीका लागि कम्पनी छनौट गर्दा आफ्नो जोखिमबहन क्षमता उच्च भने पार्नेपर्छ । थप अध्ययन, विश्लेषणसहित आफ्नै निर्णयका आधारमा लगानी गर्नुपर्छ । यहाँ उल्लेख गरिएको भन्दा थप कम्पनीहरु पनि हुनसक्छन्, जो लाभांशको आधारमा लगानीयोग्य छन् ।