शेयर बजारमा अब भने साँच्चिकै बुल शुरु भएको संकेतहरु देखिएका छन् । शेयरको मूल्य उच्च दरले बढेर कारोबार रकमले दुई अर्ब नाघ्दा पुराना लगानीकर्ताहरु जाग्नुका साथै नयाँ लगानकिर्ताहरु समेत भित्रिएको आभाष भएको हो ।

साढे चार बर्ष लामो घटाईको क्रम अर्थात बियरिस अवधि पार गरेका लगानीकर्ताहरुका लागि अहिलेको अबस्था निकै उत्साहजनक रहेको छ । 

शेयर बजारमा शेयरको मूल्य बढेर उच्च कारोबार भएको खबर चारैतिर फैलिएर चिया पसलमा समेत चर्चा हुन थालेपछि ओईरिने नयाँ लगानीकर्तामा बजारका उचाई निर्भर हुने हुँदा आगामी दिनहरु निकै चासोपूर्ण हुने नै छन् ।

पूसको अन्तिम साता देखि बढ्रदै आएको शेयर कारोबार र शेयरको मूल्य माघ लागेपछि बढ्ने दर अझ तीब्र बनेको छ । शेयरको मूल्य मात्रै बढेको हैन, कारोबार रकम पनि क्रमशः बढ्दै गएकाले नयाँ लगानी बजारमा छिरेकै संकेत देखिन्छ ।
शेयर बजारमा आएको खरिदको चापले शेयरको मूल्य बढ्नलाई आधार दिएको छ भने कारोबार रकमलाई नयाँ उचाईमा पूर्याएको छ ।

मूल्य बढ्ने कम्पनीहरुमा धेरै जसो ईन्स्योरेन्स कम्पनीहरु देखिए । धेरै मूल्य बढ्ने कम्पनीहरुमा लक्ष्मी इक्युटी, जानकी फाईनान्स, प्राईम लाइफ ईन्स्योरेन्स, सिदार्थ ईन्स्योरेन्स, हिमालयन जेनेरल ईन्स्योरेन्स, सगरमाथा ईन्स्योरेन्स, प्रिमर ईन्स्योरेन्स, प्रभु ईन्स्योरेन्स, एनएलजि ईन्स्योरेन्स, गुडविल फाईनान्स जस्ता कम्पनी रहेका छन् ।

१३२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटाको मात्र घटेको छ ।
त्यसैगरि बढि कारोबार हुने कम्पनीहरुमा हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, नेपाल लाइफ, प्रभु बैंक, एनसिसि बैंक, एनआईसि एसिया बैंक, नेपाल बैंक, शिखर ईन्स्योरेन्स, सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्ट, नेशनल लाईफ ईन्स्योरेन्स जस्ता कम्पनी रहेका छन् ।

माघ ५ गते शेयर बजारमा ६१ लाख ३१ हजार ४ सय १८ कित्ता शेयर किनबेच भई कारोबार रकम २ अब ९ करोड नाघेको छ । नेप्से २.५५ प्रतिशत अथवा ३३.४३ अंकले बढेर १३४३.६५ पुगेको छ । बजार पूँजीकरण१७ खर्ब २१ अर्ब पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here