शेयर बजारमा उत्साहको वातावरण बन्दैै गर्दा एकपछि अर्को रेकर्ड बनेको छ ।

फागुन १४ गते बुधबार शेयर बजारमा धेरै कम्पनीको शेयर मूल्य बढेर चार अर्ब १२ करोड भन्दा बढीको कारोबार भएको छ । यति धेरै रकमको कारोबार भएको नेपालको शेयर बजारमा पहिलो घटना हो ।

उत्पादनमुलक, होटल, ब्यापार, बीमा, लघुवित्तका साथै बैंकहरुको शेयर मूल्य पनि उच्च रुपमा बढेको छ ।

नेप्से सूचक एकैदिन ५०.९३ अंकले बढेर १५९६.१३ विन्दुमा पुगेको छ । शेयरको मूल्य बृद्धि र कारोबार रकममा बीमा, उत्पादन र अन्य बर्गका कम्पनीहरुले उछिन्ने क्रम जारी रहेको छ ।

अरु समूहको शेयर मूल्य बढ्ेपछि बैंकको पनि बढ्न थाल्ने प्रबृत्ति देखिएकाले नेप्से सूचक बृद्धि र बैंकिड. सूचक बृद्धि बराबर जस्तै दैखिएको छ । यस दिन बजार पूँजीकरण २० खर्ब ३७ अर्ब कायम भएको छ ।

शेयरको मूल्य बढ्न थाल्दा पुरानाले जमेर कारोबार गर्ने र नयाँ लगानीकर्ता थपिने त्रहुँदा आगामी दिनहरुमा अझै उत्साहको वातावरण बन्ने आशा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here