सरकारले लकडाउनको अवधि बढाएर जेठ ५ सम्म पुर्याएपनि डेढ महिनादेखि बन्द भएको शेयर बजार भने बैसाख २८ गते आईतबारदेखि खुल्ने संभावना बढेको छ । लकडाउन थपिएसँगै नेप्सेले पटक पटक गरी बैसाख २५ गतेसम्म शेयर बजार बन्द गरेको छ ।
मन्त्रिपरिषदले बैंक तथा बित्तीय संस्था र धितोपत्र बजार सिमित कर्मचारी परिचालन गरी खोल्न सकिने निर्णय गरेको कुरा बाहिर आएपछि बैसाख २८ गतेदेखि बजार खोल्ने तयारीमा रहेको नेप्सेलाई हौसला मिलेको हो ।
नेप्से र धितोपत्र बोर्डले आईतबारदेखि बजार खोल्ने बारेमा निर्णय सार्वजनिक गरिसकेका भने छैनन् ।
नेपाल स्टक एक्सचेन्जले अनलार्इन प्रयोगकर्ताहरुका लागि मात्रै भए पनि शेयर बजार खोल्ने भन्दै ब्रोकरहरुलाई तयारी अबस्थामा बस्न भनिसकेको थियो भने धितोपत्र बोर्ड पनि बजार खोल्नपर्ने पक्षमा उभिएको थियो ।
बजार खोल्ने योजना अनुसार केही शेयर दलालले पछिल्लोपल्ट कारोबार भएको राफसाफमा लागि तत्काल पैसा जम्मा नगरे बेसाख २८ गतेसम्मको ब्याज हिसाब गर्ने भन्दै लगानीर्ताहरुलाई ताकेता पनि गरिसकेका छन् ।
शेयर बजारमा अनलाईन कारोबार प्रणाली प्रभावकारी नभएको, बैंक र हितग्राही खाता ईन्टिग्रेट भईनसकेकाले कारोबारको सेटलमेन्टमा बाधा पर्ने अबस्था छ भने खरिदकर्ता र बिक्रीकर्ताहरुको स्वतन्त्र र पर्याप्त उपस्थिति नहुँदा बजारमा म्यानुपुलेशनको खतरा पनि उत्तिकै देखिन्छ । सहज कारोबार हुन नसक्ने अबस्थामा शेयर बजार खोल्न नहुने मत पनि लगानीकर्तामा बलियो रहेको पाईन्छ तर निमायक र केही लगानीकर्ताहरु अन्तर्राष्ट्रिय दबाब समेत जोडेर बजार खोल्नुपर्ने कुरामा जोड दिईरहेका छन् ।