तिलक कोइराला ।

शेयर बजार घटेको बेला धेरै लगानीकर्ताहरु आतंकित भई शेयर बेचेर भाग्ने गर्छन तर लगानी गरेर राम्रो प्रतिफल हाँसिल गर्न चाहनेहरुलाई घटेकै बजार बढी फाईदाजनक हुन्छ । शेयरको मूल्य बढ्ने आशमा हैन, लाभांशको हिसाब गरी राम्रा कम्पनीको सस्ता शेयरमा दीर्घकालीन लगानी गर्नेले भबिष्यमा राम्रो प्रतिफल हाँसिल गर्न सक्छन् ।

यहाँ शेयर बजारका कम्पनीहरुको तुलनात्मक अध्ययन गरी हालको शेयर मूल्यको आधारमा मूल्य आम्दानी अनुपात (पीई रेसियो) निकालिएको छ र लगानीका लागि कुन बढी सुरक्षित र भबिष्यमा बढी प्रतिफल पाईने खालका छन् भनी देखाईएको छ । शेयर बजारमा लगानीका लागि कम्पनी छनौट गर्दा पीई रेसियो मात्रै सबैथोक हैन, अरु आधारभुत कुराहरुको पनि उत्तिकै गहन अध्ययन गर्नु आबश्यक हुन्छ । तर शेयर बजार घटेको यो बेला कम्पनीहरुको छनौट गर्दा पीई रेसियोलाई पनि एउटा आधार मानेर जोख्ने काम गरिएको छ ।

कम्पनीहरुको पीई रेसियो बारे जान्नु अघि यी दुई समाचार राम्रोसँग अध्ययन गर्नुहोसः

निर्जीवन बीमा कम्पनीमा को भन्दा को तगडा ? यस्ता कम्पनीमा लगानी गरे बढी फाईदा (तुलनात्मक अध्ययनसहित )

बोनस खाने कि नगद लाभांश ? यस्ता कम्पनी छान्नुहोस्

कम्पनीको प्रतिशेयर आम्दानीले बजारमा कारोबार भईरहेको शेयर मूल्यलाई भाग गरेर मूल्य आम्दानी अनुपात निकालिन्छ । पीई रेसियो अर्थात मूल्य आम्दानी अनुपात भनेको त्यो कम्पनीको शेयरले दिने प्रतिफलको तुलनामा कति गुणा बढी मूल्य तिरेर शेयर किनिदै छ भन्ने देखाउँछ ।

सामान्यतयाँ १५ गुणा भन्दा कम मूल्य आम्दानी अनुपात भएको कम्पनीको शेयर खरिदका लागि उत्तम मानिन्छ । शेयर किन्दा हालेको मूल्यलाई त्यस कम्पनीले भबिष्यमा दिने लाभांशले खाम्छ कि खाम्दैन भनेर हेर्नु नै यसको मुख्य काम हो । पीई रेसियोबाट शेयरको मूल्य कति अधिमूल्यन वा अबमूल्यन भएको भन्ने कुरा पनि जोख्न सकिन्छ ।

अब कुन कम्पनीको मूल्य आम्दानी अनुपात १५ गुणा भन्दा कम रहेछ हेरौः

यी पाँच वटा बाणिज्य बैंकमा सबैले आउने बार्षिक साधारणसभामा लाभांश बाँड्ने क्षमता बनाएका छन् । अधिकांशको पूँजी कोष अनुपात तल छ र पूँजी बढाएरै जानुपर्छ अर्थात बोनस शेयर नै दिनुपर्ने हुनसक्छ । तर नेपाल बैंकको सवालमा एक करोड ७६ लाख कित्ता एफपीओ बिक्री गरेपछि बजारमा शेयरको आपुर्ति बढी हुन्छ र मूल्यमा असर पर्नसक्ने संभावना छ । प्रभु बैंकको हालैको साधारणसभामा आउने बार्षिक साधारणसभामा लाभांश बाँड्ने प्रण ब्यवस्थापनले गरेको छ । त्यसैले घटेको बजारमा मूल्य घटाएरै शेयर किन्नु अझै सुरक्षित हुने उपाय हो ।

बिकास बैंकहरुमा धेरै चुक्ता पूँजी कायम गरेर बलियो बन्दै गरेका बैंकहरु सबैभन्दा कम पीई रेसियो भएकामा परेका छन् । उनीहरुमा संस्थागत सुशासन राम्रो देखिन्छ तर शेयरको मूल्य घटाएरै लगानी गर्दा अझै जोखिम कम हुन्छ । सुचिकृत हुन बाँकी हकप्रद र बोनसको हिसाब गर्दा पीई रेसियो फरक पर्नसक्छ ।

फाईनान्स कम्पनीहरु पनि राम्रो बन्दैछन् । केही समय अगाडि खराब अबस्थाको सामना गरेका फाईनान्सहरुमा संस्थागत सुशासन पनि सुधार हुँदै छ । सबैकुरा बिचार गरेर मात्र फाईनान्स कम्पनीहरुमा लगानी गर्नुपर्छ । लगानीको निर्णय गर्दा पीई रेसियो मात्र नहेरी सबै आधारभुत सूचकहरुमा ध्यान दिनुपर्छ ।

बीमा कम्पनीहरुमा कारोबार बढाउँदै लगेको, पूँजी र प्रतिसेयर आम्दानी बढाउँदै लगेको, संस्थागत सुशासन राम्रो रहेको कम्पनी हेर्नु राम्रो हुन्छ । कम पीई रेसियो भएकाहरु दीर्घकालीन लगानीका लागि बढी सुरक्षित देखिन्छन् ।

अन्य बर्गबाट नेपाल टेलिकमको लगानी अहिले पनि धेरै सुरक्षित नै छ । सरकारले ९२ प्रतिशत हिस्सेदारी राखेको त्यो कम्पनीमा रणनीतिक साझेदारी ल्याएर ब्यवस्थापनमा सुधार गर्ने हो भने धेरै राम्रो प्रतिफल पाउनसक्ने अबस्था छ ।

लघुवित्तहरुमा पूँजी आधार, संस्थागत सुशासन, कारोबार र खुद नाफा बृद्धिमा योगदान गर्नसक्ने, जोखिमबहन क्षमता उच्च भएका कम्पनीहरु छनौट गर्नुपर्छ । प्रस्तुत गरिएका कम्पनीहरु तुलनात्मक रुपमा राम्रा छन् ।

जलबिद्युत कम्पनीहरुमा पनि लगानी गर्नु त राम्रो हो तर अरु बर्गका कम्पनीहरुको जस्तो छोटो समयमा जलबिद्युत कम्पनीहरुको आम्दानी र खुद नाफा बिस्तार हुनसक्दैन । बिद्युत उत्पादनमा हुने कमी, आयोजना निर्माणमा लाग्ने लामो समय, सिमित आम्दानी र कर्जाको भुक्तानीलगायतका कारणले जलबिद्युत कम्पनीहरुबाट लाभांश पाउन समय लाग्छ । अझ बदमासी गरेर आयोजनाको निर्माण लागत महंगो बनाईएको रहेछ भने त जिन्दगीभर लाभांश नपाउने खतरा हुन्छ । सामान्यतया ५ देखि १० बर्षसम्म धैर्यतापूर्वक पर्खिनसक्नेहरुका लागि राम्रो जलबिद्युत कम्पनीहरुको शेयरमा लगानी उत्तम हो । आजको भोलि यो क्षेत्रबाट दोब्बर प्रतिफलको आशै नगरे हुन्छ । बुटवल पावरले एफपीपीओलाई पुरै पूँजीकृत गरिनसकेको अबस्था हो ।

जीवन बीमाहरुको सवालमा

जीवन बीमा कम्पनीहरुको बीमांकीय मूल्यांकन विना प्रतिशेयर आम्दानी वास्तविक हुन्न । कारोबार बिस्तार राम्रो गरेको, जीवन बीमा कोष र जगेडा कोषमा धेरै रकम रहेको, पूँजी बढाउँदै लगेको, संस्थागत सुशासन राम्रो रहेको जीवन बीमा कम्पनीहरु राम्रा हुन् । यसमा स्वभाविक रुपमा नेपाल लाईफ, नेशनल लाईफ, लाईफ ईन्स्योरेन्स कर्पोरेशन, प्राईम लाईफ जस्ता कम्पनीहरु अगाडि आउँछन् ।

लगानी गर्नुअघि ध्यान दिनुपर्ने कुराहरु

कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुअघि पीई रेसियो मात्र नहेरी कम्पनीको समग्र अबस्थाको अध्यनन गर्नुपर्छ । सामान्यतया पीई रेसियो १५ गुणा भन्दा कम, प्रतिशेयर आम्दानी १५ रुपैयाँ भन्दा माथि, कारोबार र खुद नाफा बढाउँदै लगेको, संस्थागत सुशासन राम्रो रहेको, अघिल्लो बर्ष लाभांश बाँडेको वा आउने साधारणसभामा लाभांश बाँड्नसक्ने क्षमता भएको, जोखिमबहन क्षमता उच्च रहेका कम्पनीहरु राम्रा हुन्छन् । पीई रेसियो १५ गुणा भन्दा माथि रहे पनि अरु सूचकहरु धेरै राम्रा भएका कम्पनीहरुले पनि राम्रो लाभांश बाँडेर लगानीकर्तालाई सधै खुशि बनाईरहेका पनि देखिन्छ । राम्रा कम्पनीहरुमा लगानी गर्दा राम्रो लाभांश पाईने र शेयरको मूल्य समेत बढेर दोहोरो फाईदा हुन्छ ।

कहिले किन्ने, कहिले बेच्ने ?

शेयर बजार बढेको बेला, हल्लाखल्ला भएर मूल्य उचालिएको बेला हैन, शेयर बजार घटेर धेरैको भागाभाग भएको बेला बजार छिरौं । शेयर बजार घटेको बेला आँट गरेर बजार प्रबेश गर्नुपर्छ र मूल्य घटेको दरमा थोरै थोरै शेयर किन्दै जानुपर्छ । एकैचोटी सबै पैसा खर्च गरेर शेयर किन्नु हुन्न, सस्तोमा राम्रो कम्पनीको शेयर किन्ने मौका जहिले पनि आउँछ ।

एउटा कम्पनीमा हैन, फरक फरक बर्गका कम्तिमा १० वटा कम्पनीमा मूल्य घटाएरै किनी लगानी विविधिकरण गरौं । त्यसैले शेयर बजारमा नेप्से बढ्यो कि घट्यो भन्ने हेरेर, शेयरको मूल्य कति बढ्ला भन्ने अनुमान गरेर हैन, कम्पनी हेरेर कम्पनीमा लगानी गरौं, डुबिन्न ।

सस्तोमा किनिएको राम्रो कम्पनीको शेयर जिन्दगीभरि नबेचेर लाभांश मात्रै खाईरहे पनि धेरै फाईदा हुन्छ, मूल्य बढेर ३०, ४० प्रतिशत फाईदा भएको बेला बेचेर आफ्नो आर्थिक आबश्यकता पुरा गरे पनि हुन्छ ।

स्पष्टिकरणः प्रतिशेयर आम्दानी तेस्रो त्रैमासको हो भने शेयर मूल्य जेठ १० गतेको कारोबारको हो र सोही आधारमा मूल्य आम्दानी अनुपात ( पीई रेसियो) निकालिएको छ । सुचिकृत हुन बाँकी हकप्रद र बोनसको हिसाब गर्दा पीई रेसियो फरक पर्नसक्छ । कारोबारको विवरण झल्काउने फोटो पुरानो हो । यसमा लेखकको स्वार्थ बाझिने कुनै कुरा नभएको स्वघोषणा गर्दछु । यहाँ उल्लेख भएका कुराहरुको आधारमा शेयर किनबेच नगरी आफैले अध्ययन बिश्लेषणबाट कारोबार गर्नु बृद्धिमानी हुन्छ । 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here