शेयर बजारमा हावादारी कुरा पस्किएर सर्बसाधारण लगानीकतालाई आतंकित पारेको आरोपमा कथित शेयर बिश्लेषक बिष्णुप्रसाद बस्याल र उनीसँगको कुराकानी प्रबाह गर्ने विजशाला डटकम बिरुद्ध मुद्धा परेको छ ।

शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट बस्याल र अनलाईन बिरुद्ध धितोपत्र बोर्ड र महानगरीय प्रहरी परिसर, काठमाडौमा अलग अलग मुद्धा दर्ता गरिएको हो ।

बस्यालले सर्बसाधारण लगानीकर्तालाई भ्रमित र आतंकित पार्न लगातार नेप्से सूचक ९०० मा आउँछ भनी फेसबुक, युट्युव लगायतका संजालबाट हल्ला गरेको र आईतबार बिजशाला डटकमबाट “लेखेर राख्नुहोस् २०१९ डिसेम्बर यता बजार फर्किदैन “भन्ने शीर्षकमा कुराकानी गरेका थिए । समाचार प्रबाह भएको केही घण्टापछि विजशाला डटकमले शीर्षक बदलेर माफी मागेको थियो ।

बस्याल र अनलाईनको अफवाहका कारणले सर्बसाधारणमा आतंक सिर्जना भई सर्बसाधारण लगानीकर्ताले आर्थिक र मानसिक रुपमा अपुरणीय क्षति भोग्नु परेको भन्दै निजहरुले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९७ अनुसारको कसुर गरेको उजुरी शेयर लगानीकर्ता दबाब समूहले गरेको छ ।

निजहरुमाथि सोही ऐनको दफा १०१ देखि १०५ सम्मको प्रावधान अनुसार कारबाही गर्न माग दावी गरिएको छ ।

त्यसैगरी महानगरी प्रहरी परिसरमा दर्ता गरिएको मुद्धामा मुलकी अपराध संहिता २०७४ को दफा २५३ अनुसारको कसुर गरेकाले प्रचलित कानुन अनुसार कारबाहीको माग गरिएको समूहका सदस्य हरि ढकालले शेयर लगानी डटकमलाई बताए ।

बस्यालले शेयर लगानी डटकमसँग कुरा गर्दै आफुले बोल्दै नबोलेको कुरालाई अनलाईनले शीर्षक र पेटबोलीमा राखिदिएकोले लगानीकर्तामा भ्रम उत्पन्न भएको बताएका छन् । उनले आफुले शेयर बजारका लगानीकर्तालाई क्षति पुर्याउने नियतले कुनै काम नगरेको स्पष्टिकरण दिए ।

यसैबीच केही दिन अघि नेप्सेमा भएको लगानीकर्ताहरुको दबाब कार्यक्रममा आफुले पिटाई खाएको भन्दै आएका बस्यालले सो काण्डमा शेयर लगानीकर्ता संघ नेपालका तारा प्रसाद फुलेलमाथि दोषारोपण गरेकाले थप मुद्धा पर्ने संभावना बढेको बताईन्छ ।

1 COMMENT

  1. yo basyal le BS 2060 ma online associates company kholera berojgar laai rojgaari dinchhu bhandai prati person Rs. 60000 uthayara 200 vandaa badhi byaktiko karodau rakam kumlyaai farar hune maanchhe ho

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here