सरकारले ल्याएको बजेटमा पूँजी बजारको सुधार तथा बिस्तारमा केही महत्वपूर्ण कार्यक्रमहरु समाबेश होलान् भनी लगानीकर्ताहरुले गरेको आशा निराशामा परिणत भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदको संयुक्त बैठकमा जेठ १५ गते बाचन गरेको बजेट भाषणमा केही झारा टराईपूर्ण परम्परागत कुरा बाहेक पूँजी बजारसम्बन्धी नयाँ कुरा केही आएन । यद्यपी आर्थिक बिधेयक मार्फत पूँजी बजार सम्बन्धी के नयाँ ब्यवस्था गरिएको छ भन्ने चाँही अहिलेसम्म बाहिर आएको छैन ।

बजेट भाषणमा पूँजी बजार सम्बन्धमा राखिएका कुराहरु बर्षौदेखि सरकारले दोहोर्याईरहेका बिषयहरु हुन् जुन धेरै अमुर्त छन् ।

यस्ता अमुर्त कार्यक्रमहरुले कोरोना संक्रमण र लगातारको लकडाउनबाट प्रताडित बनेका लगानीकर्ताहरु उत्साहित पार्ने संकेत देखिन्न ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here