संकटग्रस्त हाईड्रोपावरहरुको अध्ययन गर्न सरकारले सर्वपक्षीय अध्ययन समिति बनाएको छ ।

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले सहसचिव प्रविणराज अर्यालको संयोजकत्वमा समिति गठन गरेको हो । सो समितिमा अन्य सरकारी अधिकारीहरुका साथै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ईप्पानका दुईजना प्रतिनिधि पनि रहने भएका छन् ।

उर्जा उत्पादकहरुले २५ रुग्ण आयोजनाहरुको साँचो बुझाउने भन्दै आन्दोलनको चेतावनी दिएपछि समस्या समाधानका लागि अध्ययन गर्ने सहमति भएको थियो ।

ईप्पानले सरकारले सहमति कार्यान्वयन गरी अध्ययन समिति गठन गरेकोमा स्वागत गर्दै टेबुलमा बसेर समस्या समाधान गर्न प्रयास गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here