सजिलो लघुबित्त बित्तिय सस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको बित्तिय बिबरण प्रकासित गरेको छ ।
लघुबित्तले दोस्रो त्रैमास सम्म आईपुग्दा गत वर्षको भन्दा ५४.६६ प्रतिशत बढि ६४ लाख ८२ हजार खुद नाफा कमाएको छ । गत आर्थिक वर्षमा ४१ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुबित्तले खुद व्याज आम्दानी ३ करोड २१ लाख ९० हजार रुपैयाँ पुर्याएको छ, भने सञ्चालन घाटा ५३ लाख १८ हजार रुपैयाँ देखिएको छ ।

गत वर्ष ४६ लाख रुपैयाँ सञ्चलन नाफा गरेको लघुबित्तले चालु आर्थिक बर्षमा भने घाटा भएको छ ।
लघुबित्तले पुससम्ममा १४ करोड ८९ लाख ८४ हजार रुपैयाँ निक्षेप संकलन गरेको र ९३ करोड ४४ लाख ८० हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

गत वर्ष ०.१० प्रतिशत खराब कर्जा रहेको लघुबित्तको खराब कर्जा १.२६ प्रतिशतले बढेर १.३६ प्रतिशत पुगेको छ । हाल चुक्ता पुँजी १४ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा ६४ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here