कोरोना नियन्त्रणमा सरकारी कमजोरीको विरोधमा शानितपूूर्ण प्रदर्शनमा उत्रिएका युवाहरुको फेसबुक समूह Covid-19 Nepal: Enough Is Enough!लाई शुक्रबार राति ११ः४५ बजे प्रतिबन्ध लागेको छ ।

युवाहरुको फेसबुक समूहमा कसैले नयाँ पोष्ट गर्न र साथीहरु थप्न नपाउने गरी बन्देज लगाईएको सूचना देख्न सकिन्छ ।

पेजमा पोष्टहरु भईरहेको बेला एक्कासी एक जना एडमिनले समूहलाई अर्काईभ गरेको जनाईएको थियो । यसमा बाहिरी घुसपैठ भएर एडमिन नै ह्याक भएको हुनसक्ने देखिएको छ ।

केहीदिन देखि राजधानी लगायत देशभर प्रदर्शन गरिरहेका युवाहरुले शनिबार बिहान १० बजेदेखि १२ माईतीघरमा प्रदर्शन आयोजना गरेका छन् ।

समूहमा प्रतिबन्ध लाग्नु अघि अनेक थरी पोष्ट भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here