सप्तकोशी विकास बैंकको हिजो पुस २७ गते बसेको बैठकले आफ्ना शेयरधनीहरुलाई गत बर्षको सञ्चित मुनाफबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको गत आर्थिक बर्षको अन्त्यमा कायम चुक्ता पुँजीको ६ प्रतिशतका दरले हुन आँउने बराबारको रकम शेयर बोनस बापत वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश बैंकको आँउदो साधारणसभा र राष्ट्र बैंकको स्विकृति पश्चात वितरण गरिने छ ।

बैंकको आर्थिक बर्ष २०७५।०७६ को सञ्चित मुनाफा र बार्गेन पर्चेज गेन बाट ६.४१९० प्रतिशत मुनाफा वितरण योग्य रहेको अन्तिम लेखापरिक्षणको प्रारम्भिक प्रतिबेदनले देखाए पछि उक्त ६ प्रतिशत बोनस शेयर बापत वितरण गर्न लागिएको हो ।

बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८३ करोड ४३ लाख नाघ्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here