समता लघुवित्त वितिय सस्ंथाको शेयर बोनशमा मूल्य समायोजन भएकको छ । नेप्सेले पुस १९ गते शनिबार लघुवित्तको ५ प्रतिशत शेयर बोनशको मूल्य समायोजन गरेको छ । नेप्सेले प्रतिकित्ता ५९० रुपैयाँ ४८ पैसाका दरले शेयर मूल्य समायोजन गरेको हो ।

लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनश र कर प्रयोजनार्थ ५.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव ल्याएको छ । समताले आफ्नो बार्षिक साधारण सभा होटल इच्छा प्र लि सिमरामा पुस २९ गते बोलाएको छ ।

सभामा प्रस्तावित लाभांश पारित साथै अन्य कुनै उपयुक्त लघुवित्तसँग मर्ज अथवा एक्वीजिसनमा जाने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

१ः२ अनुपातमा निष्कासन गरेको हकप्रद पूँजीकरण भइसकेकोले हाल लघुवित्तको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here