नेपाल फाइनान्स ले चालु आर्थिक वर्ष दोस्रो त्रैमासको वित्तीय विवरण सार्वाजनीक गरेको छ। गत मंसिर २९ गते नेपाल राष्ट्र बैँकले समस्याग्रस्त संस्थाबाट मुक्त दिएसंगै फाइनान्सले वित्तिय विवरण सार्वजनीक गरेको हो ।

विवरण अनुसार फाइनान्सले दोस्रो त्रैमाससम्म २ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको खुद नाफा हेर्ने हो भने २ करोड ७५ लाख रुपैयाँ थियो । तर यस बर्ष फाइनान्सको खुद नाफामा ४७ लाख ९४ हजार रुपैयाँले कम रहेको छ ।

फाइनान्सको खुद नाफामात्र नभई खुद ब्याज आम्दानी पनि घटेको छ । ४ करोड २२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ५० लाख रुपैयाँ कर्जा परिचालन गरेको थियो । कर्जा परिचालन गरेसंगै फाइनान्सले १ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।यो गत बर्षको तुलानामा २९ लाख ९८ हजार रुपैयाँ कम हो। भने फाइनान्सको सञ्चालन मुनाफा ४५ लाख ४१ हजार रुपैयाँ घटेर २ करोड २७ लाख रुपैयाँ छ।

फाइनान्सको निष्क्रिय कर्जा गत वर्षको तुलनामा ५.३९ प्रतिशतले घटेर ९४.६१ प्रतिशत भएको छ । सो अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा २ करोड ७ लाख रुपैयाँ रहेको छ।

२२ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १९ करोड २४ लाख रुपैयाँ रहेको छ।
फाइनान्सको बार्षिक प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ । भने प्रतिशेयर नेटवर्थ ८७ रुपैयाँ ५३ पैसा रहेको छ । संस्थाको तरलता अनुपात ३०.८५ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here