समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख रुपैयाँ बराबरको ८६ हजार कित्ता प्राथमिक शेयर भदौ ४ गतेदेखि बिक्री शुरु गरेको छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १० ले भाग जाने अधिकतममा ५ हजार कित्तासम्मका लागि भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन्।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
उपत्यका लगायत देशका विभिन्न भागमा निषेधाज्ञा जारी रहेकाले सी आश्वाको उपभोग गरी मेरो शेयर सफ्टवेयर मार्फत आबेदन दिनु नै एकमात्र विकल्प रहेको छ, आफ्नो खाता रहेको बैंक वा बित्तीय संस्थामा पुगेर आश्वा सेवा उपभोग गर्नु संभव छैन ।