नेपाली जनतासँग शेयरमा लगानी गर्ने पैसा जत्ति पनि छ, तर सरकारले वातावरण नबनाईदिएर लगानी जुट्न नसकेको रहेछ भन्ने प्रमाणित भएको छ ।

सरकारले ३७ मेगावाटको त्रिशुली थ्री बि आयोजना बनाउँन जनतासँग ३७ करोड करोड माग गरी त्यसको १० प्रतिशत अग्रिम रुपमा जम्मा गर्न आब्हान गरेकोमा दुई दिनमै १७ करोड जम्मा भएको छ ।

ग्लोबल आईएमएमई क्यापिटलका अनुसार त्रिश्ली थ्री बिको अग्रिम आईपीओमा आईतबार सांझसम्म ३६ हजार भन्दा बढी आबेदकबाट १७ लाख ४६ हजार रुपैयाँ बराबरको शेयर माग भएको छ । प्राप्त आबेदनहरु रुजु हुने क्रम जारी रहेको क्यापिटलको भनाई छ ।

प्रधानमन्त्री केपी ओलीले आफु र आफ्नो श्रीमतिको नाममा पहिलो शेयरधनी बनेर आबेदन गरेपछि सर्बसाधारणलाई त्रिशुली थ्री बिको शेयरमा आकर्षण बढेको देखिएको छ । जनताले जम्मा गरेको शेयर वापतको रकममा शेयर बिक्री योग्य नभएसम्म बार्षिक ८ प्रतिशत ब्याज दिने घोषणाले पनि सर्बसाधारणलाई तान्ने काम गरेको  छ ।

यसमा कम्तिमा १०० कित्ता र बढीमा १० हजार कित्तासम्मको प्रति कित्ता १० रुपैयाँका दरले बैंकमा रकम बुझाई चैत्र ११ गतेसम्म आबेदन गर्न सकिन्छ ।

आयोजना बन्न नै चार बर्ष लाग्ने र त्यसपछि मात्रै लाभांश पाउन सकिने संभावना भए पनि सर्बसाधारणले सरकारले थालेको कामलाई होस्टेमा हैसे गरेको रुपमा बुझ्न सकिन्छ ।

अहिले कबुल गरिएको शेयरको १० प्रतिशत मात्र रकम माग गरिएको र बाँकी आयोजना निर्माणको अवस्था ५० प्रतिशत पुरा भएपछि बुझाउनु पर्ने जनाईएको छ । माग भन्दा बढी परेको रकम बाँडफाँडपछि फिर्ता गरिने क्यापिटलले जनाएको छ ।

जनताको जलबिद्युत कार्यक्रम अन्तर्गत सरकारले अरु १८ वटा आयोजनामा यसैगरी रकम संकलन गर्ने घोषणा गरेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here