कोरोना संक्रमण नदेखिएको स्थानमा लकडाउन खुकुलो बनाईन साना ब्यवसायहरु संचालन गर्न दिनुपर्ने मागका बीच सरकारले लकडाउन १० दिनसम्म थपेको छ ।

मन्त्रिपरिषदको बैठकले बैसाख २५ गतेसम्म देशभर लकडाउन जारी रहने निर्णय गरेको हो । देशमा चैत्र ११ गतेदेखि लकडाउन जारी छ ।

लकडाउन लम्बिने आशंका गर्दै ठूलो संख्यामा मानिसहरु जिल्ला गईरहेको बेला सरकारले लकडाउन लम्ब्याएको छ ।

लकडाउन लम्बिने आशंकामा राजधानीबाट घर जानेहरु कलंकीमा

देशभर कोरोना संक्रमित बढ्ने क्रम जारी रहेर ५२ जना पुगिसकेका छन् । उदयपुर, धनुषा, भोजपुर, पर्सा, झापा लगायतका जिल्लामा संक्रमित बढेका छन् ।

सरकारले भारत र चीनसँगको सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन बन्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here