नेकपाको केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७७।०७८ लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको नयाँ बजेट संसदमा प्रस्तुत गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले साधारण खर्चतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँ गरी १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका हुन् । यो चालु आर्थिक बर्षको १५ खर्ब ३२ अर्बको बजेट भन्दा ५८ अर्ब कम हो ।

बजेट कार्यान्वयनमा आबश्यक पर्ने स्रोतहरु मध्ये राजश्वबाट ८ खर्ब ८९ अर्ब रुपैयाँ, वैदेशिक अनुदानबाट ६० अर्ब, वैदेशिक ऋणबाट २ खर्ब ९९ अर्ब रुपैयाँ र बाँकी हुने २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाईने अर्थमन्त्री खतिवडाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here