सरकारी निकायबीचको समन्वयको अभावमा कारोना संक्रमण रोक्न लगातार गरिएको लकडाउन पछिल्लो समयमा आएर असफल भएको छ ।

शहर भित्रका बासिन्दालााई डिहडुलमा समेत कडा प्रतिबन्ध लगाईएको अबस्थामा कााठमाडौबाट तराई तथा मध्य पहाडी भागमा जाने र आउने यात्रुहरुको गतिबिधि बढेपछि संक्रमणको जोेखिम पनि बढेको छ । राजधानीका कलंकी, नागढुंगा, बल्खु लगायतक नाकाबाट बाहिर जने र विभिन्न जिल्लाबाट राजधानी भित्रने यात्रुहरुको चाप बढेको छ । यसरी राजधानी भित्रनेहरुमा कोरोना संक्रमित फेला परेका जिल्लाहरुका बासिन्दा समेत छन् ।
कोरोना संक्रमण रोक्न भन्दै बैसाख २५ गतेसम्म लकडाउन जारी राखिएको छ भने शहरमा आवात जावतमा कडाई नै गरिएको छ तर राजधानी बाहिर जाने र भित्रनेहरुको गतिबिधि तीब्र भएकाले लकडाउनको खिल्ली उडेको छ ।
बिराटनगर, कैलालीदेखिका मानिसहरु बस चढेर राजधानी आईरहेकोमा उनीहरुलाई त्यही नै नरोकि राजधानी छिर्ने नागढुंगा नाकामा मात्र रोकिएकाले सर्बसाधारणले अनाबश्यक दुःख पाएका छन् । बसमा कोचिएर हुने मानिसहरुको आवत जावत खुला गर्ने हो भने लकडाउनको नाममा साना ब्यवसाय र सरकारी कार्यालय बन्द राख्नु औचित्यहिन हुन्छ ।