सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक बाणिज्य बैंकहरमा मध्येमा सबैभन्दा अगाडि आउने बलियो आधार देखाउँदै पहिलो त्रैमासको बित्तीय विवरण प्रकाशन गरेको छ ।

सरकारी स्वामित्व धेरै भएको एनआईडीसी डेभलपमेन्ट बैंकलाई आफुमा गाभेको राष्ट्रिय बाणिज्य बैंकले खुद नाफाको हिसाबले पहिलो त्रैमासमा सबै बाणिज्य बैंकहरु भन्दा अगाडि देखिएको छ तर वितरणयोग्य खुद नाफा कम छ । निस्क्रिय कर्जा अनुपात धेरै भएकाले बैंकले आगामी त्रैमासहरुमा आफुलाई सुधार्न अझै धेरै मेहनत गर्नुपर्ने देखिएको छ ।

कुनै समय खराब कर्जा र कुशासनले झण्डै धरासायी बनेको बैंक अहिले यसरी सशक्त भएर आउनु धेरै राम्रो कुरा हो । बैंकको जगेडा घाटा पुरा गर्न र पूँजी कोष धनात्मक बनाउँन उसले नेपाल इृन्भेष्टमेन्ट बैंकको १५ प्रतिशत हिस्सेदारी बेच्नु परेको थियो ।

सर्बसाधारणमा शेयर जारी नगरेको बैंक भएकाले शेयर बजारका लगानीकर्ताका लागि खासै चासोको बिषय नहुनसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here