हिमालयन डिष्टीलरीको शेयर मूल्यमा सर्किट लागेर बढेकै दिन शेयर बजारमा उसको ५० प्रतिशत शेयर सूचीकृत भएर आपुर्ति बढेको छ ।

लगानीकर्ताहरुले मरिहत्ते गरेर शेयर किनेको दिन कम्पनीले गत बर्षको नाफाबाट वितरण गरेको ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

फागुन १ गते  नेप्सेमा हिमालयन डिष्टिलरी र लक्ष्मी लघुवित्त बित्तिय संस्थाकोे बोनस शेयर सूचीकृत भएको छ ।

हिमालयन डिष्टलरीको १९ लाख २८ हजार २२७ कित्ता तथा लक्ष्मी लघुवित्तको ३ लाख ६३ हजार कित्ता गरी २२ लाख ९१ हजार २२७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

हिमालयन डिष्टलरीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५० प्रतिशत तथा लक्ष्मी लघुवित्तले १५ प्रतिशत बोनस वितरण गरेका थिए ।

सुचिकृत भएको शेयर लगानीकर्ताको खातामा आएपछि किनबेच गर्न पाईने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here