१० जिल्लालाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको सर्पोट माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।


विवरण अनुसार गत आ.व.को पुस मसान्त सम्ममा जम्मा ११ लाख २८ हजार नाफा गरेको लघुवित्तले चालु आ.व.को पुस मसान्त सम्ममा ६३ लाख ७७ हजार रुपैया खुद नाफा गरेको छ । जुन ७८७.७४ प्रतिशत हुन आउछ । गत बर्षको पुस मसान्तमा ३.५३ प्रतिशत निष्किृय कर्जा रहेको संस्थाको यस बर्ष १.७६ प्रतिशमा झरेको छ जसकारण नाफा सो हद सम्म बढ्न गएको छ ।

लघुवित्तले सञ्चालन मुनाफा तर्फ पनि ७८७.७४ प्रतिशतको छलाङ मारेको छ भने खुद ब्याज आम्दानी पनि ८२ प्रतिशतले बढेको छ ।

६ करोड चुक्ता पुँजी रहेको संस्थको जगेडा कोषमा २ करोड १२ लाख ४६ हजार रुपैयाँ रहेको छ । गत बर्षको मुनाफाबाट १० प्रतिशत मात्र लाभांश बाँडेको संस्थाले आगामि दिनमा राम्रो लाभांश दिने अपेक्षा गर्नु अनर्थ नहोला ।

१७ करोड ७ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६१ करोड २७ लाख २८ हजार रुपैयाँ कर्जा लगानी गरेको संस्थाले बोनस शेयर वितरण पश्चात कायम भएको ६ करोड चुक्ता पुँजीको सतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रश्ताव पनि गत पुस २९ गते सम्पन्न पाँचौ बार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४१ पैसा रहेको छ । संस्थाको तरलता अनुपात ६.५५ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here