सर्पोट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडको पौष ६ गते बसेको सञ्चालक समितिको बैठकले पौष २९ गतेका लागि साधारण सभा डाकेको छ ।

साधारणसभा होटल पाथिभरा इन्टरनेसनल प्रा.ली., इटहरीमा ११ बजेबाट शुरु हुनेछ ।

साधारणसभाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत शेयर वोनस साथै उक्त बोनसमा लाग्ने कर प्रयोजनका निमित्त रु.३ लाख १५ हजार ७ सय ८९ नगद लाभांश वितरणको प्रस्ताव पारित गरिने छ ।

साधारणसभा प्रयोजनार्थ पौष १४ गतेबाट पौष २९ गतेसम्म बुक क्लोज रहने छ ।

साथै उक्त साधारणसभाबाट संस्थाको हाल कायम चुक्ता पुँजी ६ करोड बाट बढाएर १३ करोड २० लाख पुर्याउने प्रस्ताव पारित गरिनेछ ।बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजी रु. ६ करोड ६० लाखको १ ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गरिनेछ ।यस लघुवित्त संस्था वा अन्य कुनै लघुवित्त संस्थासँग गाभ्न/गाभिन उपयुक्त देखिएमा सो सम्बन्धि सम्पुर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here