उन्नति लघुवित्त वित्तिय संस्थाले आफ्नो पाँचौ साधारणसभा पौष २९ गते होटल पौवा, सिद्धार्थनगर रुपन्देहीमा गर्ने भएको छ ।

संस्थाले आफ्ना शेयरधनीहरुलाई ३८.६० प्रतिशत शेयर बोनस तथा उक्त बोनसमा लाग्ने कर प्रयोजनको निमित्त २.०३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको निमित्त संस्थाले पौष १५ गते एक दिनका लागि बुक क्लोज गर्नेछ ।

उन्नति लघुवित्त वित्तिय संस्थाको गत आ.व.को चुक्ता पुजी र सहकार्य लघुवित्त वित्तिय संस्थाको चुक्ता पुजी, कल इन एडभान्स गरी कुल चुक्ता पुजी १५ करोड ८५ लाख हुनुपर्नेमा सहकार्य लघुवित्तको शेयर स्वाय रेसियो गणना गर्दा १ ः ०.७५ भएकाले मर्जिङ पछि संस्थको चुक्ता पुजी १४ करोड ९५ लाख कायम हुनेछ ।

उक्त शेयर स्वाप रेसियो संयुक्त मर्जर समितिले स्विकृत गर्नेछ ।

गाभ्ने/गाभिने प्रकृया समाप्त भएपशचात तथा बोनस शेयर जोडिए पश्चात संस्थाले १ ः १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।

उन्नति लघुवित्त वित्तिय संस्था र सहकार्य लघुवित्त वित्तिय संस्था गाभिई हकप्रद शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी २९ करोड ९० लाख कायम गर्ने प्रस्ताव पारीत गर्नेछ ।

उन्नति लघुवित्त वित्तिय संस्था र सहकार्य लघुवित्त वित्तिय संस्था एक आपसमा गाभिए पछि संस्थाको नाम उन्नति सहकार्य लघुवित्त वित्तिय संस्था रहने छ भने केन्द्रिय कार्यालय सिद्धार्थनगर नगरपालिका वार्ड नं. १२ रुपन्देहीमा रहने बताईएको छ ।

थप जनकारीको लागि यस लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here