साईन रेसुंगा डेभ्लपमेन्ट बैंकको खुद नाफा गत बर्षको दोस्रो त्रैमास भन्दा यस बर्ष घटेको छ । चुक्ता पूँजी बढेर एक अर्ब १० करोडबाट एक अर्ब ३७ करोड पुग्दा खुद नाफा भने १६ करोड ५९ लाखबाट १५ करोड १४ लाख रुपैयाँमा झरेको छ ।

ब्याज खर्च र बढ्दा खुद ब्याज आम्दानीमा ह्रास आएको र प्रशासनिक र कर्मचारी लगायतका खर्चहरु बढ्दा संचालन नाफा कम भएकाले खुद नाफामा गिरावट आएको देखिएको छ ।

निक्षेप संकलन र कर्जा परिचालन उल्लेखनीय रुपमा बढाएकाले बैंकको अबस्था राम्रो नै छ । निस्क्रिय कर्जा अनुपातलाई आधा कम गरेर ०।१७ प्रतिशतमा झार्नसक्नु उसको सफलता हो । साईन रेसुंगाको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here