गत बर्षको वितरणयोग्य नाफाबाट २.६२ प्रतिशत लाभांश प्रस्ताब गर्ने नेपाल सेवा लघुवित्तले पनि साधारणसभा बोलाएको छ । उसले २.५ प्रतिशत बोनस शेयर र ०.१२ प्रतिशत बोनसको कर प्रयोजनका लागि नगद लाभांश प्रस्ताब गरेको छ ।

उसले लाभांश प्रस्ताब, शतप्रतिशत हकप्रद शेयर बिक्रीको प्रस्ताब र अन्य लघुवित्तसँग मर्जरको प्रस्ताबसहित साधारणसभा बोलाएको हो ।

लघुवित्तले आफ्नो ५ औं बार्षिक साधारण सभा इन्द्रावती सामुदायिक सेवाकेन्द्र, फटकशीला, सिन्धुपाल्चोकमा पुस २९ गते आयोजना गर्दैछ ।

लघुवित्तले कुनै सस्ंथा सँग मर्ज तथा एक्युजीशन गर्नु परेमा सम्पूर्ण अधिकार संचालक समितिलाई दिने प्रस्ताब साधारणसभामा लैजादै छ ।

बोनश शेयर जारी गरेपश्चात लघुवित्तको चुक्ता पुँजी ६ करोड १५ लाख हुने र यसैको १०० प्रतिशत हकप्रद शेयर निष्कासन हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here