सहयोगी बिकास बैंकसँग मर्जर सम्झौता रद्द भएपछि देव बिकास बैंकसँग मर्जरमा जाने सम्झौता सहारा बिकास बैंकले गर्यो तर त्यो पनि सफल हुन सकेन र साढे दुई बर्षदेखि सहाराका शेयरधनी शेयर कारोबार गर्नबाट बंचित छन् ।

साढे दुई बर्षदेखि शेयर कारोबार रोक्का राखेर के गर्न खोज्नु भएको हो ? शेयर लगानीले यो प्रश्न सहाराका कम्पनी सचिव विनय साहलाई सोधेको थियो ।

साहले भने, फेरि पनि पटक पटक शेयर कारोबार रोकिन नपर्ने गरी हामी राम्रो मर्जरको प्रयास गरिरहेका छौ । त्यही कारणले ढिला भएको हो । शेयरधनीको मर्का हामीले बुझेरै राम्रो परिणाम ल्याउने कोशिश जारी छ ।

कम्पनीले संभव भएसम्म बाणिज्य बैंकसँग मर्जर तथा एक्विजिशनको प्रयास गरिएको छ र राष्ट्र बैंकले पनि त्यही निर्देशन गरेको बुझिएको छ ।

बैंकको नाफामा २५.९२ प्रतिशतको सुधार भएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

गत बर्षको पुस मसान्तमा १ करोड १५ लाख ४३ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस बर्ष सोही अवधिमा १ करोड ३५ लाख ४५ हजार रुपैयाँ खुद नाफा गर्न सक्षम भएको छ ।

७८ करोड २ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६९ करोड ९२ लाख ५५ हजार रुपैयाँ कर्जा परिचालन गरेको बैंकले २ करोड ४२ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत बर्षको पुस मसान्तको तुलनामा ८५ लाख ४७ हजार रुपैयाँले बढि हो ।

आम्दानीको तुलनामा खर्च कम अनुपातमा भएपछि सञ्चालन मुनाफा पनि बढ्न गएको छ । गैर सञ्चालन आम्दानी र खर्च शिर्षकमा कुनै पनि रकम नभएकोले गर्दा सञ्चालन मुनाफा बराबरनै खुद नाफा रहेको छ ।

१६ करोड ३३ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको ७ करोड ७५ लाख ९ हजार रुपैयाँ जगेडा कोषमा रहेको छ ।
दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६४ पैसा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ६५ पैसा कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात ३८.१६ गुणा रहेको छ।

देव विकास बैंकसँगको सैद्धान्तिक सहमति पश्चात २०७४ जेठ २६ गते पश्चात बन्द रहेको बैंकको कारोबार ३३ महिना हुन लाग्दा सम्म पनि बन्द नै रहेको छ । तर देव विकास बैंकसँग उक्त सम्झौता भने तोडिसकिएको छ । सम्झौता तोडिएसँगै मर्जर वा एक्विजिसनको लागि पार्टनर खोजिरहेको छ ।

सर्लाही जिल्लामा केन्द्रित रहेर बित्तीय कारोबार गरिरहेको बैंकको शेयर कारोबार अर्को मर्जर प्रक्रिया सकिएपछि मात्र खुल्ने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here