पाँचथर र तेह्रथुमको सिमानामा पर्ने तमोर नदीबाट करीब साढे सात सय मेगावटको तमोर जलविद्युत आयोजना निर्माण गर्न ठूलो चिनियाँ लगानी नेपाल आउने पक्का भएको छ ।

आयोजनाको कुल लागत करिब १ खर्ब ३७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा एक खर्ब चिनीयाँ कम्पनी पावर चाइनाले एक खर्ब र नेपाली कम्पनी एचआईडिसिएलले ३७ अर्ब बेहोर्ने छ ।

चीनको सरकारी कम्पनी पावर चाइनाले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) मा एक खर्ब लगानी गर्ने भएको हो । आयोजनामा चिनीयाँ कम्पनीको ७४ प्रतिशत र एचआइडिसिएलको २६ प्रतिशत हिस्सा रहनेछ ।

आयोजना अघि बढाउन डिपिआर तयार गर्ने कार्यका लागि समझदारी पत्रमा माघ ५ गते आईतबार हस्ताक्षर भएको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, एचआईडिसिएलका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेल र पावर चाइना युरेसियाका उपाध्यक्ष पान डेग्युले हस्ताक्षर गरेका छन् ।

अबको ६ महिना भित्र डीपीआर तयार भएपछि आयोजना निर्माण शुरु हुनेछ । जापानी सहयोग नियोग जाईकाले ३४ बर्ष अघि पहिचान गरेको योजनामा भर्खरमात्र अध्ययन सुरु भएको हो ।

दुई बर्ष पछि निर्माण सुरु गरिने लक्ष्य राखिएको छ ।

नेपालमा हाईड्रोको शेयरमुल्य लगातार ह्रास भएर लगानीकर्ता निरुत्साहित भईरहेको बेला यी र यस्ता योजनाले लगानीकर्तालाई उत्साह प्रदान गर्ने आशा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here