पञ्चकन्या माई हाइड्रोपावरको साधारण शेयर बाँडफाँड भएको साढे २ महिनापछि सुचिकरण भएको छ । बुधबार कम्पनीको १ करोड १० लाख कित्ता साधारण शेयर दोस्रो बजारमा कारोबार हुनेगरी सुचिकरण भएको हो ।

पञ्चकन्याको शेयर कारोबारको लागि नेपाल स्टक एक्सचेन्जले ‘पीएमएचपीएल’ संकेत प्रदान गरेको छ ।

नेप्सेले पञ्चकन्याको पहिलो कारोबारका लागि १०२ रुपैयाँ ४९ पैसादेखि ३०७ रुपैयाँ ४७ पैसासम्म कारोबार रेन्ज तोकेकोमा १४४ रुपैयाँमा कारोबार भएको छ ।

कम्पनीले हाल ईलामको माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here