सानिमा बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसिसि) बैंकले ऋणपत्र निष्काशनका लागि  नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सानिमा बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशनको लागि निवेदन दिएको छ । परिपक्व अवधि १० बर्ष हुने उक्त ऋणपत्रमा बार्षिक १०.२५ प्रतिशत ब्याजदर रहेको छ ।

कुल ४० लाख कित्ता मध्ये १६ लाख कित्ता सार्वजनिक निष्काशन मार्फत सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकि २४  लाख कित्ता प्राईभेट प्लेसमेन्ट मार्फत विभिन्न संघ सस्थाहरुलाई बिक्री वितरण गरिने छ ।

बैंकको ऋणपत्र निष्काशक एनआईसी एशिया क्यापिटल रहेको छ ।

त्यसैगरि अर्को वाणिज्य बैंक नेपाल क्रेडिट एण्ड कमर्श बैंकले पनि ३ अर्ब रुपैया बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

१० बर्षे परिपक्व अवधि रहेको उक्त ऋणपत्रको बार्षिक १०.०५ प्रतिशत ब्याजदर रहेको छ ।

कुल ३० लाख कित्ता मध्ये १२ लाख सर्वसाधारणको लागि छुट्याइएको छ भने बाँकि १८ लाख कित्ता व्यक्तिगत तवरले विभिन्न संघ संस्थालाई बिक्री गरिने छ ।

बैंकको ऋणपत्र निष्काशक नबिल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक अनुरुप बैंकले चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र निष्काशन गनुपर्ने बाध्यकारी नियम ल्याए पछि एक पछि अर्को बैंक निवेदन  दिन बोर्ड पुग्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here