हकप्रदमा बिक्री नभएका र विभिन्न कारणले बिक्रीमा आएका सात कम्पनीका सेयर अहिले लिलाममा रहेको छ । हकप्रदमा बिक्री नभएका अरु चार कम्पनीले चाँडै नै सेयर लिलाममा ल्याउँदै छन् ।

लिलाममार्फत सेयर सकार्नु सस्तोमा सेयर हात पार्ने अवसर पनि हो तर कतिपय लगानीकर्ताहरु बजार मूल्य भन्दा माथि गएर लिलाम सकार्ने मुर्खता पनि गर्छन । सेयर बजारमा हाल किनबेच भईरहेको सेयर मूल्यको ३० देखि ४० प्रतिशत मुनीको मूल्य कबुलेर लिलाम सकार्दा मात्र भबिष्यमा जोखिमबाट बच्न सकिने र बढी फाईदा हुने हुन्छ तर बजार मूल्यमै लिलाम सकार्ने हो भने लिलाममा जानुको सटटा दोस्रो बजारमै किन्दा हुन्छ ।

कतिपय कम्पनीका साधारण र संस्थापक र साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँमै लिलाम सकार्ने प्रशस्त अवसर अहिले लगानीकर्तालाई छ । त्यसैले उचालिएर धेरै मूल्य कबुल्नु आबश्यक छैन ।

बिगतका सेयर लिलामहरुमा उचिालिएर मूल्य कबुल्नेहरुले अहिले नराम्रो घाटा खाएका छन् । साधारण सेयर भन्दा संस्थापक सेयरलाई बढी मूल्य कबुलेर लिलाममा सहभागी हुनेहरुको त झन् बिजोग नै भएको छ ।

अर्को महत्वपूर्ण कुरा संस्थापक सेयरको लिलाम सकार्दा साधारण सेयरको दोस्रो बजारको मूल्य हेरी आधा भन्दा कम मूल्य कबुल्नु उचित हुन्छ । जुन कम्पनीको साधारण सेयर मूल्य दोस्रो बजारमा २०० रुपैयाँ भन्दा कम छ, त्यस्तो कम्पनीको संस्थापक सेयर लिलाम सकार्दा १०० रुपैयाँ भन्दा बढी कबुल्न हुन्न ।

संस्थापक सेयर सकार गर्न चाहनेले राष्ट्र बैंकले तोकेका केही प्रक्रिया पुरा गर्नुपर्ने र दोस्रो बजारमा सहजै संस्थापक सेयर बिक्री नहुने हुँदा धेरै कुरामा बिचार पुर्याउनु पर्छ ।

सेयर लिलाममा सहभागी हुँदा कम्तिमा १०० कित्ता र त्यसपछि १० ले भाग जाने संख्यामा मात्र आबेदन गर्नु पर्छ । संख्या नमिलाएर आबेदन गर्ने कयौंको आबेदन पत्र अस्विकृत हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here