आर्थिक समृद्धि लघुवित्तलाई एक्विजिसन गरेपश्चात साधना लघुवित्तको तेस्रो बार्षिक साधारण सभा हिजो पौष १२ गते सम्पन्न भएको छ ।

उक्त साधारण सभाले ७ लाख ७ हजार ८०० कित्ता प्राथमिक शेयर (आईपिओ) निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । संस्थालाई जारी पुँजी २१ करोड ७७ लाख ८० हजार कायम गर्न आवश्यक रकम रु. ७ करोड ७ लाख ८० हजार बराबरको शेयर सर्वसाधारण, कर्मचारी, सामुहिक लगानी कोषलाई विक्रि गर्नेछ ।

साथै संस्थाले हाल कायम शेयर स्वामित्वमा पनि फेरबदल गरेको छ । संस्थापक तर्फको ७० प्रतिशत र सर्वसाधारणको तर्फबाट ३० प्रतिशत शेयर स्वामित्व रहेकोमा सो लाई परिवर्तन गरि ६७.५० ः ३२.५० कायम गरिएको छ ।

संस्थाले आईपिओ निष्काशन पश्चात कायम हुने चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजारको ५० प्रतिशत हकप्रद शेयर समेत निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

संस्थालार्य राष्ट्रिय स्तरमा स्तरउन्नति र कारोबार बिस्तार गर्न थप पुँजीको आवश्यकता पर्ने भएकाले आइपिओ बिक्रि नसकिदै हकप्रद पनि बेच्ने प्रस्ताव पारित गरेको हो ।

संस्थाले अर्को लघुवित्तलाई प्राप्ति गर्ने वा मर्जरमा जाने अीख्तयारी पनि सञ्चालक समितिलाई दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here