सानिमा माई हाईड्रोले पनि बिजुली बिक्री आम्दानी घटाईको मार खेप्दा खुद नाफामै असर ब्यहोरेको छ । तेस्रो त्रैमाससम्ममा बिजुली बिक्री रकम ७ करोडले कमी आउँदा खर्च पनि बढ्न गएको छ र खुद नाफा २६ करोडबाट २० करोडमा झरेको छ ।

दुई अर्ब ११ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड छ र त्यस मध्ये ४९ करोड सेयरधनी कोषमा रहेको देखाईएको छ । आयोजना निर्माणमा खर्च भएको दुई अर्ब ९३ करोड बैंकहरुको कर्जा भुक्तान गर्न बाँकी रहेको छ । उसको प्रति सेयर आम्दानी २३ रुपैयाँ कायम भएको छ ।

कम्पनीले २२ मेगावाटको माईखोला हाईड्रो र ७ मेगावाटको माई क्यास्केट आयोजनाबाट बिजुली उत्पादन गरेर नेपाल बिद्युत प्राधिकरणलाई बेचिरहेो छ भने ९६ कमेगावाटका आयोजनाहरुमा मुख्य लगानीकर्ता बनेर निर्माण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here