निस्क्रिय कर्जा अनुपात सबैभन्दा कम कायम गरेर बाणिज्य बैंकहरुमा उत्कृष्ट प्रर्दशन गर्दै आएको सानिमा बैंकलाई यसपल्ट भने ताज खोसिने डर बढेको छ ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासको प्रगति विवरण अनुसार बैंकको निस्क्रिय कर्जा अनुपात २०० प्रतिशतले बढेर ०.०८ प्रतिशतबाट ०.२४ प्रतिशतमा उक्लिएपछि बाणिज्य बैंक मध्येमा सबैभन्दा कम निस्क्रिय कर्जा अनुपात रहेको बैंकको सूचीबाट पछि धकेलिने डर बढेको हो । यद्यपी बैंकले खराब कर्जा वापत ब्यवस्था गर्नुपर्ने रकम भने घटेको देखाईएको छ ।
पहिलो त्रैमासको अन्त्यमा दशै समेत परेकाले सावाँ ब्याज असुली प्रभावित भएको बुझ्न सकिन्छ ।
बैंकको अन्य प्रगतिको अबस्थालाई यसरी तुलना गरिएको छः