सानिमा बैंक लिमिटेडले ४ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न लागेको हो । ऋणपत्रको माग गर्दै बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले १० वर्षे अवधिको ऋणपत्र निश्कासनको माग गरेको छ ।
बैंकले जारी गरेको ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले बार्षिक १०.२५ प्रतिशत ब्याज अर्धबार्षिक रुपमा भुक्तानी पाउने छन् ।

बैंकले सर्बसाधरणका लागि १००० दरका १६ लाख कित्ता बिक्री गर्ने प्रस्ताव गरेको छ भने प्राइभेट प्लेसमेन्टका आधारमा बाँकी २४ लाख कित्ता बिक्री गर्ने योजना छ ।

ऋणपत्रको निश्कासन तथा बिक्री प्रबन्धकको सम्पूर्ण काम एनआइसी एशिया क्यापिटलले गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here