सानिमा माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा हाइड्रोपावरको पुस ७ गते सोमबार गत आ व (२०७५–०७६) को मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमूल्य समायोजन भएको छ ।

साधारण सभा प्रयोजनको लागि हाइड्रोपावरले पुस ७ गतेदेखि बुकक्लोज गरेको हो । प्रतिकित्ता १६६ रुपैयाँ ३६ पैसा कायम हुने गरि नेप्सेले हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको छ ।

 

हाइड्रोपावरले गत आर्थिक वर्षको कमाइबाट कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो लाभांश प्रस्ताव पारित गर्न हाइड्रोपावरले पुस २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

आर्थिक वर्ष २०७६–०७७ को पहिलो त्रैमाससम्म आइपुग्दा सानिमा माईले २० करोड ३९ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७९ पैसा छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here