सानिमा माई हाईडेपावरले गत बर्षको पहिलो त्रैमासमा भन्दा यस बर्षको सोही अवधिमा खुद नाफा बढाएर प्रगति गरेको छ ।

गत बर्षको पहिलो त्रैमासमा २८ करोड ३१ लाख रुपैयाँ बिजुली बेचेर आम्दानी गरेकोमा यस बर्ष ीन करोड भन्दा बढीले बढाएर ३१ करोड ९२ लाख पुर्याएको छ ।

उसको खुद नाफा पनि १५ करोड १९ लाखबाट बढेर १९ करोड ६० लाख नाघेको छ ।

गत बर्ष शत प्रतिशत हकप्रद शेयर बिक्री गरेको कम्पनीको चुक्ता पूँजी दुई अर्ब ११ करोड हुँदा प्रति शेयर आम्दानी ९ रुपैयाँ २९ पैसा कायम भएको छ ।

कम्पनीले ईलाममा २९ मेगावाट विजुल उत्पादन गरिरहेको छ भने अन्य सहायक कम्पनीमार्फत अरु आयोजनाहरु पनि बनाउँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here